दीपक मनाङेको शपथ ग्रहण रोकियो, गर्न नमिल्ने सभामुखको निश्कर्ष

पोखरा । मनाङबाट प्रदेश सभामा निर्वाचित दीपक मनाङेको शपथ रोकिएको छ । ज्यान मार्ने उद्योगमा मुद्दा चलिरहेका मनाङेको सपथ रोकिएको गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिए।

आइतबार बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख दलका नेताहरुले मनाङेलाई शपथ गराउनु गैर कानुनी भएको जिकिर गरेपछि अधिकारीले सपथ रोक्ने निर्णय गरेका हुन्। त्यसअघि सभामुखले प्रदेशका मुख्य न्यायाधीवक्ता राजेन्द्र घिमिरेसँग परामर्श लिएका थिए।

मनाङेसहितका पाँचजनाविरुद्ध पुनरावेदन अदालतले संगठित अपराध तथा अपहरण गरी बन्धक बनाएको भन्दै ज्यान मार्ने उद्योगको अभियोगमा ५ वर्ष जेल सुनाएको थियो।

मनाङेले मंसिर १२ गते बिहीबार गण्डकी प्रदेश सभामा सपथ ग्रहणको माग गर्दै एक व्यक्तिमार्फत निवेदन दिएका थिए । सर्वोच्चबाट थुनामुक्त भएपछि प्रदेश सभा सचिवालयमा गुरुङको निवेदन पुगेपछि सभामुख अधिकारी विभिन्न व्यक्तिसँथ छलफल तथा राय मागेका थिए ।

मनाङेलाई उच्च अदालत पाटनले ज्यान मुद्दामा दोषी ठहर गरेको छ । उनले सर्वोच्च अदालतमा मुद्दा पुनरावेदन गरेर धरौटी बुझाएकाले हाल थुनामुक्त अवस्थामा छन् ।

प्रतिनिधि सांसद रेशम चौथरीको सपथलाई नजिर मान्दै सभामुख अधिकारीले पनि राजीवलाई सपथ गराउने अनुमान धेरैको थियो । तर, सभामुख अधिकारीले गुरुङलाई सपथ नगराउने निश्कर्ष निकालेका हुन् ।