काठमाडौं

बीपी राजमार्गमा सवारी भार मापन यन्त्र जडान हुने भएको छ । साँघुरो, घुमाउरो सडकमा मापदण्ड भन्दा विपरीत सवारीसाधनले ओभरलोड बोक्न थालेपछि सरकारले सवारी भार मापन यन्त्र जडानको प्रक्रिया अगाडि बढाएको हो । "/>

बीपी राजमार्गमा भार मापन गर्न यन्त्र जडान हुने

बीपी राजमार्गमा भार मापन गर्न यन्त्र जडान हुने


काठमाडौं

बीपी राजमार्गमा सवारी भार मापन यन्त्र जडान हुने भएको छ । साँघुरो, घुमाउरो सडकमा मापदण्ड भन्दा विपरीत सवारीसाधनले ओभरलोड बोक्न थालेपछि सरकारले सवारी भार मापन यन्त्र जडानको प्रक्रिया अगाडि बढाएको हो । सवारी साधनले ओभरलोड बोक्दा सडकको अवस्था दिनप्रतिदिन जीर्ण बन्दै गएको छ । धुलिखेल–नेपालथोक सडक खण्ड निर्माण भएको १६ वर्ष पुगेको छ । अहिले उक्त सडक खण्डको अवस्था निकै अस्तव्यस्त बन्न पुगेको छ ।

सडक स्तरोन्नति र मर्मत कार्य भए पनि क्षमता भन्दा बढी भार भएका सवारी साधन ओहोर दोहोर हुँदा कालोपत्रे ६ महिना पनि टिक्न गाह्रो हुने गरेको सडक विभागले बताएको छ । नेपालथोक–धुलिखेल सडक खण्ड दिनप्रतिदिन भत्किनुमा मुख्य कारण ओभरलोड भएका ट्रिपर सञ्चालन भएको निष्कर्ष सडक विभागको छ ।

जाइकाले दिएको रिपोर्ट अनुसार सवारीको वजनसहित यस राजमार्गमा १६ टन भन्दा माथिको सवारीसाधन सञ्चालन गर्न मिल्दैन । अहिले सर्वोच्च अदालतले १० टन भन्दा माथिको सवारीसाधन सञ्चालन नगर्न अन्तरिम आदेश दिए पनि २० टन सम्मका सवारीसाधन निर्वाध रुपमा सञ्चालन भइरहेका छन् । सरकारले मापदण्ड लागू गरेपछि कुन सवारी साधनले कति भार बोक्छन् भन्ने मापन अहिलेसम्म हुन सकेको छैन ।

जसका कारण मापदण्डविपरीत ओभरलोड भार लिएर हिँड्ने सवारी साधन माथि कारबाही हुन सकेको छैन । सडकलाई व्यवस्थित बनाउन र मापदण्डविपरीत सञ्चालन हुने सवारी साधनलाई कारबाही गर्न सडक विभागले सवारी भार मापन यन्त्र जडानको तयारी अगाडि बढाएको हो । सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजनाका निमित्त प्रमुख राकेश महर्जनले सडकलाई व्यवस्थित बनाउन र मापदण्डविपरीत ओभरलोड बोक्ने सवारी साधनलाई कानुनी दायरामा ल्याउन सवारी भार मापन यन्त्र जडान गर्ने गृहकार्य अगाडि बढाइएको बताए ।
नेपाल समाचारपत्रबाट

Logo