पत्र-पत्रिका बाटप्रदेश २राष्ट्रियसमाचार

सरकारको लोकप्रियता देखेर दुष्प्रचार गर्न खोजिएको छ : नेता नेपाल

धनुषा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिपक्षी दल तथा विरोधीले वर्तमान सरकारको लोकप्रियता देखेर दुष्प्रचार गर्न लागेको बताउनु भएको छ ।

उहाँले यस्ता दुष्प्रचारको पछि नलागी कार्यकर्तालाई दृढतासाथ सरकारको बचाउ गर्न आह्वान गर्नुभयो । नेता नेपालले वर्तमान सरकारको लोकप्रियता देख्न नसकेर प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसमा हतास र निरासाको प्रवृत्ति बढेको भन्दै दुष्प्रचारबाट बच्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।
नेकपाले आइतबार जनकपुरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले विरोधीले सरकारको काम नै देख्न नसकेर सरकारले अधिनायकवाद ल्याउन खोजेको आरोप लगाइ रहेको बताउनुभयो । नेता नेपालले भन्नुभयो, “वर्तमान सरकारको काममा केही कमीकमजोरी हुनसक्छ तर सरकारको नियतमा बेइमानी छैन ।” नेता नेपालले दुई वर्षभित्र पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने तयारी रहेको बताउनुभयो ।
रासस

Comment here

CLOSE THIS

SKIP THIS

SKIP THIS

SKIP THIS

SKIP THIS