काठमाडौं

रसिया विश्वकपमा आइसल्यान्ड विरुद्ध पेनाल्टी चुकाउँदा मेसी आलोचनाको सिकार बनेका छन् । "/>

विश्वकप विशेष : पेनाल्टी चुकाउँदा मेसिकै शब्दमा उनको आत्मालोचना यस्तो…!

विश्वकप विशेष : पेनाल्टी चुकाउँदा मेसिकै शब्दमा उनको आत्मालोचना यस्तो…!


काठमाडौं

रसिया विश्वकपमा आइसल्यान्ड विरुद्ध पेनाल्टी चुकाउँदा मेसी आलोचनाको सिकार बनेका छन् । विश्वकपकै नवप्रवेशी राष्ट्र आइसल्यान्डविरुद्ध मेसीको जादुमयी खेल हेर्न बसेका लाखौँ समर्थक खेलको ६३ औँ मिनेटमा स्तब्ध नै बने । खेलमा दोस्रोपटक अग्रता लिने अवसर पाएको अर्जेन्टिनाले त्यो क्षण गुमायो । मेसीको पेनाल्टी आइसल्यान्डका गोलरक्षक हानेस हालान्डोसनले छेके । यससँगै आइसल्यान्डसँग अर्जेन्टिनाले १–१ को नतिजा चित्त बुझायो । स्वयं मेसीले पनि पेनाल्टी चुकाउँदा दुःखी बनेको बताएका छन् । मेसिकै शब्दमा उनको आत्मालोचना यस्तोः

उफ ! मैले पेनाल्टी मिस गरेँ । मलाई धेरै चोट लागेको छ । यदि त्यो पेनाल्टी गोल हुँदा खेलको कथा नै परिवर्तन हुन सक्थ्यो । सम्भवतः अर्जेन्टिना २–१ ले विजयी हुन्थ्यो होला । र, हामीले फाइदा उठाउन सक्थ्यौँ । अर्जेन्टिनाले दोस्रोपटक अग्रता लिँदा आइसल्यान्ड पछाडि पथ्र्यो । हामीले उनीहरूको डिबक्समा थप स्पेस पाउन सक्थ्यौँ । आइसल्यान्ड थप गोल नबेहोर्न डिफेन्समा जानुपथ्र्यो । त्यसवेला अर्जेन्टिनीले थप आक्रामक शैलीमा प्रतिस्पर्धा गर्नुपथ्र्यो ।

प्रतिस्पर्धामा अर्जेन्टिना निश्चित ३ अंकको हकदार टिम थियो । तर, हामीले आइसल्यान्डविरुद्ध ३ अंक खोस्न सकेनौँ । विश्वकपमा जितका साथ अगाडि बढ्दा खेलाडीको हौसला बढ्ने गर्छ । खेलको विश्लेषण गर्दा आइसल्यान्डले फुटबल खेलिरहेको थिएन । उनीहरूले केवल हाम्रो खेल मात्र बिगार्ने प्रयास गरिरहेका थिए । आइसल्यान्डका एक मात्र खेलाडी मैदानमा थिए । आइरिस टिमका गोलरक्षक मात्र शतप्रतिशत मिहिनेत गरिरहेका देखिन्थे ।

सबै खेलाडी रक्षात्मक रणनीतिमा देखिन्थे । खेलाडीले बल ब्लक गर्नु बाहेक अरू केही काम गरिरहेका थिएनन् । ११ मध्ये १० खेलाडीले मैदानमा विपक्षीको खेल बिगार्न प्रयास गरिरहँदा हामीलाई खेल्न असजिलो भएको पक्कै थियो । तर हामीले जितका लागि मैदानमा शतप्रतिशत मिहिनेत गरेका थियौँ । अब हामीले क्रोएसियासँग महत्वपूर्ण खेल खेल्दै छौँ । क्रोएसिया विरुद्ध छिटोभन्दा छिटो गोलका लागि प्रयास हुनेछ । 

नयाँ पत्रिकाबाट

Logo