रसियामा विश्वकप फुटबल शुरु भएसंगै यसको ज्वरो विश्वभर ह्वात्तै बढेको छ । यसपटकको उद्घाटन खेलमा आयोजक रसियाले एशियाली टोली साउदी अरेबियालाई ५–शून्यले पराजित गरेसंगै अन्य खेलका नतिजा कस्तो आउलान् भनेर अनुमान लगाउने होड चलेको छ अहिले । "/>

बिरालो, हात्ति, सुँगुर र बाघले यसरी गर्दैछन् विश्वकपको भविष्यवाणी (भिडियोमा)

बिरालो, हात्ति, सुँगुर र बाघले यसरी गर्दैछन् विश्वकपको भविष्यवाणी (भिडियोमा)


रसियामा विश्वकप फुटबल शुरु भएसंगै यसको ज्वरो विश्वभर ह्वात्तै बढेको छ । यसपटकको उद्घाटन खेलमा आयोजक रसियाले एशियाली टोली साउदी अरेबियालाई ५–शून्यले पराजित गरेसंगै अन्य खेलका नतिजा कस्तो आउलान् भनेर अनुमान लगाउने होड चलेको छ अहिले ।

विश्वकप फुटबल शुरु भएसंगै सधैं झैं यसपटक पनि एउटा जनावरले आफ्नो अभूतपूर्व कला विश्वमाझ देखाउन शुरु गरेको छ । यसपटक एउटा बिरालो आश्चर्यजनक ढंगबाट भविष्यवाणी गर्दै अगाडी आएको छ ।

उद्घाटन खेलमा साउदी अरेबियालाई घरेलु टोली रसियाले पराजित गर्ने भविष्यवाणी गरेको थियो यो बिरालोले । नभन्दै नतिजा त्यस्तै निस्कियो । रसियाले साउदी अरेबियालाइ ५–शून्इ गोलले पराजित गर्यो ।

अनौठो कला भएको यो बिरालोको नाम एचिलेस हो । यो बिरालो बहिरो छ । विश्वकप शुरु हुन अगाडी सम्म यो सेतो बिरालो रसियाको मुख्य ब्यापारिक शहर सेन्ट पिटर्सवर्गको एक म्यूजियममा मुसा मारेर बस्ने गथ्र्यो । तर, विश्वकप शुरु भएसंगै यो सामान्य बिरालो विश्वभरको नजरमा परेको छ ।

त्यसो त यो बिरालोले गत वर्ष रसियामा सम्पन्न कन्फिडरेसन्स कपको खेलका दौरान पनि सफल भविष्यवाणीहरु गरेको थियो । कन्फिडरेसन्स कपलाइ विश्वकप फुटबलको तयारीका रुसमा लिइन्छ । उक्त कपको उपाधी युवा खेलाडीले भरिएको जर्मनीले अनुभवी खेलाडीको जमघट रहेको चिलीलाइ एक–शून्य गोलले पराजित गर्दै जितेको थियो ।

उक्त खेलका अघि यो बिरालोले जर्मनीले चिलीलाइ हराउने भन्दै भविष्यवाणी गरेको थियो । त्यसवेला फुटबल पण्डितहरुले बिरालोको कुरा पत्याएका थिएनन् । किनभने, अनुभवी चिलीका अघि युवा जर्मन टोलीले घुँडा टेक्ने उनीहरुको अनुमान थियो ।

तर, कन्फिडरेसन्स कपमा बिरोलोले गरेको भविष्यवाणी नै मिल्यो । त्यस यता सेन्टपिटर्सवर्गको यो बिरालो विश्वभरका सञ्चार माध्यममा छाइरहेको छ ।

कसरी गर्छ भविष्यवाणी ?

एचिलेस बिरोलोको भविष्यवाणी गर्ने तरिका अनौठो छ । बहिरो यो बिरालोलाइ खेल अघि दुइवटा भाँडामा खानेकुरा राखिदिनु पर्छ । उस्तै खानेकुरा रहेका उक्त दुइवटा भाँडामा खेल हुने दुइ देशको झण्डा पनि राखिएको हुन्छ । खानुअघि यो बिरालो एकछिन धैर्य गर्दै सोच्ने गर्छ । अनिमात्र एउटा भाँडाको नजिक पुग्दै त्यसमा रहेको खानेकुरा स्वाद लिंदै खान्छ । जुन देशको झण्डा भएको भाँडोको खानेकुरा यो बिरालोले खान्छ, त्यहि देशले खेल जित्ने गरेको छ ।

यो वर्षको विश्वकपको उद्घाटन खेलमा पनि यस्तै भयो । खेल शुरुहुने केही घण्टा अघि यो बिरालोले रसियाको झण्डा राखिएको भाँडोको खानेकुरा खाएको थियो । खानेकुरा खानुअघि बिरालोले निकै बेर सोचेको थियो । उद्घाटन खेलको भविष्यवाणी मिलेपछि बिरोलाइ रसियाको राष्ट्रिय टोलीको जर्सि लगाइदिंदै फोटो खिचिएको थियो ।
यो बिरालोले विश्वकपका बाँकी खेलको पनि भविष्यवाणी गर्ने अनुमान गरिएको छ ।

भविष्यवाणीको इतिहास

कुनै पनि ठूला प्रतियोगिताका खेल अघि कसले जित्ला भनि अनुमान लगाउनु सामान्य कुरा हो । तर, जनावरले शत्प्रतिशत् मिल्ने गरि अनुमान गर्नसक्नु आफैंमा एउटा अनौठो कार्य हो । विश्वास नै गर्न नसकिने गरि जनावरहरुले पछिल्लो एक दशक यता फुटबल खेलको भविष्यवाणी गरिरहेका छन् ।

सन् २०१० को दक्षिण अफ्रिका विश्वकपमा एउटा अक्टोपसले आफ्ना भविष्यवाणी मिलाउदै विश्वभर तहल्का मच्चाएको थियो । पल नाम गरेको यो अक्टोपसले अफ्रिकी विश्वकप स्पेनले जित्ने, अर्जेन्टिनालाइ ब्राजिलले हराउने र आयोजक दक्षिण अफ्रिका पहिलो चरणबाटै घर फर्कने भविष्यवाणी गरेको थियो ।

नभन्दै अक्टोपस पलले भनेजस्तै यी सबै भविष्यवाणीहरु मिलेका थिए । यतिसम्म की फाइनलमा पराजित भएपछि नेदरल्याण्डस्का फ्यानहरुले यो अक्टोपसलाइ मार्न निस्किएको समाचार बाहिर आएको थियो । एचिलेस बिरालोको जस्तै शैलीमा अक्टोपसल पलले भविष्यवाणी गर्ने गथ्र्यो । दुइवटा देशको झण्डा भएका खानाको बक्स मध्ये अक्टोपसले जुनबाट पहिलो पटक खायो, त्यसैले देशले खेल जित्ने गरेको थियो ।

उक्त विश्वकपमा अक्टोपस पलले कूल १४ खेलको भविष्यवाणी गरेको थियो, जसमध्ये १२ वटा खेलको भविष्यवाणी मिलेको थियो । यस हिसाबमा अक्टोपसले ८५ प्रतिशत् भविष्यवाणी मिलाएको थियो । बैज्ञानिकहरुले यो अभूतपूर्व र कल्पना भन्दा बाहिरको कुरा भनि टिप्पणी गरेका थिए ।

यसपटक सेन्ट पिटर्सवर्गको यो बिरालोले यस्तै किसिमको कला विश्वसामु देखाइरहेको छ । सन् २०१० को अक्टोपस पल र अहिलेको यो बिरालोमा एउटा समानता छ । यी दुबै भाले जातिका जनावर हुन् । तर, अनौठो त के छ भने बिरालोले भविष्यवाणाी गरेका सबै खेलको नतिजा शत्प्रतिशत् मिलेको छ । हुन त अहिलेसम्म यो बिरालोले जम्मा चार खेलको भविष्यवाणी मात्र गरेको छ । तर, ती सबैको नतिजा पूर्ण रुपमा मिलेका छन् ।

बिरालोबाहेक हात्ती, सुँगुर र बाघपनि भविष्यवाणी गर्दै

यो वर्षको विश्वकपमा रसियाको बिरोलो बाहेक जर्मनीको एउटा हात्ती, एउटा सुँगुर र एउटा साइबेरियन बाघले पनि भविष्यवाणी गरिरहेका छन् । उत्तरी जर्मनीको होडेनहेगेन शहरस्थित एउटा चीडियाघरमा रहेको सात वर्षको नेली नामको यो हात्तीले समुह एफ अन्तर्गतको पहिलो खेलमा जर्मनीले मेक्सिकोलाइ हराउने भविष्यवाणी गरेको छ । अहिलेसम्म नेली हात्तिले गरेका ९० प्रतिशत् भविष्यवाणी मिलेको चिडियाघरको दाबी छ ।

यता, जर्मनीकै मार्कस नामक यो सँुगुरको कथा बेग्लै छ । यो सुँगुरले सन् २०१४ को विश्वकपमा जर्मनीले अर्जेन्टिनालाइ हराउने भविष्यवाणी गरेको थियो । नभन्दै त्यस्तै भयो । त्यस्तै, यो सुँगुरले सन् २०१६ को अमेरिकी राष्ट्रपतिय निर्वाचन डोनाल्ड ट्रम्पले जित्ने भविष्यवाणी पनि मिलाएको थियो । यतिमात्र नभएर यो सुँगुरले जनमतसंग्रहमा बेलायत यूरोपियन युनियनबाट छुट्टिने भविष्यवाणी गरेको थियो । र, भयो पनि त्यस्तै । बेलायत ईयूबाट छुट्टिएरै छाड्यो । मार्कस सुँगुरले प्रतिष्ठित विम्बल्डन टेनिसका केही खेलको पनि भविष्यवाणी मिलाएको यसका मालिकको भनाइ छ ।

यस्तै, जर्मनी कै चेमनीज नगरको एउटा चीडियाघरमा रहेको बाघले पनि विश्वकप २०१८ को उद्घाटन खेलमा रसियाले साउदी अरेबिया पराजित गर्ने भन्दै गरेको भविष्यवाणी मिलाएको छ । तर, अन्य खेलका भविष्यवाणीमा यो बाघ अलमलिएको र भविष्यवाणी गरि नहालेको चीडियाघरका रक्षकले बताएका छन् । यो बाघले विश्वकपका अन्य खेलमा पनि भविष्यवाणी गर्ने अनुमान गरिएको छ ।

यी सबै जनावरका थप भविष्यवाणी आउँदा दिनमा कतिको मिल्दै जाने छन् भन्ने हेर्न केही प्रतिक्षा गर्नैपर्ने हुन्छ ।

Logo