विश्वकप फुटबल अन्तर्गत आज अर्जेन्टिनाले नवप्रवेशी आइसल्याण्डसंग खेल्दैछ। अर्जेन्टिनालाई समूह डी को बिजेताको रुपमा हेरिएको छ । "/>

अर्जेन्टिना vs आइसल्याण्ड: कसको ब्याकग्राउण्ड कस्तो ?

अर्जेन्टिना vs आइसल्याण्ड: कसको ब्याकग्राउण्ड कस्तो ?


विश्वकप फुटबल अन्तर्गत आज अर्जेन्टिनाले नवप्रवेशी आइसल्याण्डसंग खेल्दैछ। अर्जेन्टिनालाई समूह डी को बिजेताको रुपमा हेरिएको छ । अर्जेन्टिना सन् २०१४ को विश्वकपको फाइनलमा पुगेको थियो ।

तर दुखको कुरा यो विश्वकप छनोटमा अर्जेन्टिनाको प्रदर्शन खस्कँदो किसिमको थियो । अर्जेन्टिना बल्लतल्ल बिश्वकप् २०१८ का लागि छनौट भएको टिम हो । अन्तिम खेलमा इक्वेडरमाथि हात पारेको ३–१ को जितपश्चात अर्जेन्टिना तेस्रो स्थानमा रहँदै विश्वकपमा स्थान बनाउन सफल भयो । यो टोलीले पछिल्लो १८ खेलमा केवल १९ गोलमात्र गरेको थियो ।

विश्वकपको चारबाहेक सबै संस्करणमा सहभागिता जनाएको अर्जेन्टिनाले दुई पटक विश्वकपको उपाधि उचालेको थियो भने तीन संस्करणमा उपविजेतामा सिमित बनेको थियो । अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकपको उपाधि जितेको थियो भने सन् १९३०, १९९० र २०१४ को विश्वकपमा उपविजेतामा चित्त बुझाएको थियो । अर्जेन्टिनाको बलियो पक्ष लिओनल मेसी, एन्जेल डि मारिया र सर्जिओ अग्युरो जस्ता अनुभवी खेलाडी टिममा हुनु हो ।

यता आइसल्याण्ड भने पहिलोपटक विश्वकपमा सहभागिता जनाउन लागेको छ । यो मुलुक विश्वकपमा पुग्ने सबैभन्दा कम जनसंख्या भएको मुलुक हो । विश्वकप खेल्ने अहिलेसम्मकै सानो देश आइसल्यान्ड हो। सन् २०१६ मा फ्रान्समा भएको युरो प्रतियोगितामा आइसल्याण्डले चाखलाग्दो प्रदर्शन गरेको थियो । यो टिमले विश्वकपमा सबैलाई चकित पार्ने प्रदर्शन गर्नसक्ने अनुमान गरिएको छ ।

सबैभन्दा चुनौतीपूर्ण रहेको समुहमा परेर पनि यो टोलीले रुस विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको थियो । आइसल्याण्डले पछिल्लो १० खेलमा सात जित हासिल गरेको थियो । यस वर्षमात्र आइसल्याण्ड मेक्सिको, पेरु र नर्वेसँग पराजित भएको थियो । घानासँग पनि उसले २–२ को बराबरी भएको थियो ।

आइसल्याण्डको लागि माथिल्लो चरणमा प्रवेश गर्नको लागि आजको खेलमा अर्जेन्टिनालाई रोक्नु निकै महत्वपूर्ण हुनेछ । यो टिमका प्रशिक्षक हेमिर हल्लाग्रिमसनले पारम्पारिक ४–४–२ को फर्मेसनमा टिम उतार्दै आएका छन् । खेल नेपाली समय अनुसार ६:४५ बजे हुँदैछ ।

Logo