खोटाङ

उपन्यासकार लीलबहादुर क्षेत्रीले गाउँका शोसक सामन्तले उठिबास लगाएका कारण निम्नवर्गीय किसान बसाइँ सर्न बाध्य भएको कथा बुनेर ६ दशक अघि ‘बसाइँ’ (२०१४) उपन्यास लेखेका थिए । "/>

बाँदर आतंकले गाउँलेहरुमा बसाइँको चिन्ता

बाँदर आतंकले गाउँलेहरुमा बसाइँको चिन्ता


खोटाङ

उपन्यासकार लीलबहादुर क्षेत्रीले गाउँका शोसक सामन्तले उठिबास लगाएका कारण निम्नवर्गीय किसान बसाइँ सर्न बाध्य भएको कथा बुनेर ६ दशक अघि ‘बसाइँ’ (२०१४) उपन्यास लेखेका थिए । यति बेला खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका किसान पनि बसाइँ सर्नुपर्ने बाध्यतामा छन् । तर कारणको रुप भने फरक छ । शोषक सामन्तका कारण होइन, दोर्पा चिउरीडाँडाका किसानमा बाँदरका कारण बसाइँ सर्नुपर्ने अवस्था आइलागेको छ ।

खेतबारीमा लगाएको अन्नबाली बाँदरले सखाप पार्न थालेपछि दोर्पा चिउरीडाँडाका किसान हैरान भएका छन् । बाँदरले खेतबारीमा लगाएको मकै, गहुँ, कोदो, अलैंची, आलु, धान, करेला, सुन्तला, कागती, केरा लगायतका बालीनाली सखाप बनाइदिएको उनीहरुको गुनासो छ । हुल का हुल आउने बाँदरले बर्सेनि मकैका सुत्ला च्यात्ने, घोगा नष्ट गर्ने, गहुँ, कोदोको बीउ उखेल्ने, अलैंची, आलु, धान, करेला, सुन्तला, कागती, केरा नष्ट गर्ने हुँदा हैरानी खेप्नु परेको स्थानीय पद्म हिङमाङले बताए । बाँदरले खेतबारीको अन्नबाली सखाप बनाएपछि खाने कुराको अभावमा बसाइँ सर्नुपर्ने अवस्था आएको स्थानीयको भनाइ छ । गाउँका केही घरपरिवार बसाइँ सर्ने तयारी गरेको स्थानीयले बताए ।

गाउँले मिलेर धपाए पनि केही दिनमै फर्किने बाँदरले घरभित्र भण्डारण गरेको अन्न तथा थाँक्रोमा राखिएको मकैको झुत्ता समेत लैजाने गरेको छ । पहिला पहिला स्थानीयले बन्दुक पड्काएर बाँदर धपाउँथे । अहिले बन्दुक पड्काउन रोक लगाइएपछि बाँदर आतंक मच्चिएको किसानले बताएका छन् ।

बाँदरले मंगलबार मात्र दोर्पाचिउरीडाँडा खरबारी टोलका दुर्गा खनालको २ मुरी, दुम्लीका भीमबहादुर बुढाथोकीको ३० पाथी, डम्बरबहादुर बुढाथोकीको २ मुरी, उत्तर बढाथोकीको २ मुरी, बुबिरमान बुढाथोकीको २ मुरी, नन्दराम ढकालको एक मुरी, लेखनाथ ढकालको ३० पाथी, सहजित राईको करिब १५ पाथी र डम्बर राईको ५ मुरी फल्ने मकैको सुत्ला च्यातेर नष्ट पारेको छ । यस्तै बाँदरले सुमुरा टोलका किसान गुर्धुम राई, बुद्धिबहादुर राई, थामबहादुर राई, ढाकमान राई र जलकर्ण राईको सुत्ला मकै च्यातेर नष्ट पारेको हिङमाङले बताए । दोर्पा चिउरीडाँडाका माछाटोल, मार्से, दुम्लीको बुढाथोकी गाउँ, ढाडभारी, सिरानढुंगे लगायतका ठाउँमा बाँदर आतंक छ ।
नागरिकबाट

Logo