काठमाडौं 

डिस्प्युट बोर्डले मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी सीएमसीको दाबी अनुसार विभिन्न ६ वटा विषयमा १ अर्ब ६ करोड रुपैयाँ दिनू भनी गरेको निर्णयमा चित्त नबुझेपछि सरकार सिंगापुरस्थित ‘आर्बिट्रेसन’मा जाने भएको छ । "/>

मेलम्ची विवाद : मध्यस्थताका लागि सरकार सिंगापुर जाँदै

मेलम्ची विवाद : मध्यस्थताका लागि सरकार सिंगापुर जाँदै


काठमाडौं 

डिस्प्युट बोर्डले मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी सीएमसीको दाबी अनुसार विभिन्न ६ वटा विषयमा १ अर्ब ६ करोड रुपैयाँ दिनू भनी गरेको निर्णयमा चित्त नबुझेपछि सरकार सिंगापुरस्थित ‘आर्बिट्रेसन’मा जाने भएको छ ।

कामको सिलसिलामा चित्त नबुझेका विषयमा छिनोफानो गर्ने ‘डिस्प्युट बोर्ड’ले सात विषयमध्ये हालसम्म एउटा मात्र सरकारको पक्षमा र बाँकी ६ वटा सीएमसीको पक्षमा निर्णय सुनाएको थियो । बोर्डले गरेको निर्णय चित्त नबुझे मध्यस्थताका लागि सिंगापुर जाने बाटो खुल्नेछ । आठौं विषय झिकेर डेढ महिनादेखि काम रोकी सीएमसी पुनः एक अर्ब ६५ करोड रुपैयाँको दाबीसाथ बोर्डमा पुगेको थियो । सीएमसीले एकपछि अर्को विषय झिकेर बोर्डमा पुगी क्षतिपूर्ति माग गर्न थालेपछि उसका गलत काम विरुद्ध सरकारले पनि आफ्नो तयारी तीव्र बनाएको हो ।

सन् २०१३ देखि सरकारले इटालीको सीएमसीलाई ठेक्का दिएको छ । त्यसअघि चिनियाँ कम्पनी सीआरसीसीले चार वर्ष काम गरेपछि ढिलाइ भएको भन्दै सम्झौता तोडेको थियो । बोर्डमा मेलम्ची आयोजनाका तर्फबाट एक, सीएमसीका तर्फबाट ठेकेदार र उनीहरू दुवैको सिफारिसबाट नियुक्त हुने एकजना विज्ञ रहन्छन् ।

बोर्डमा नेपाली प्रतिनिधि लेखमानसिंह भण्डारी र अरू दुवै ब्रिटिस नागरिक छन् । बोर्डको बैठकमा नेपाल सरकारका तर्फबाट एक जना वकिल वरिष्ठ कानुन अधिकृत सुनिता चौधरीलाई प्रस्तुतिका लागि राखिएको छ । चौधरीले डिस्प्युट बोर्डले सीएमसीका पक्षमा गरेका ६ वटै निर्णय सरकारलाई चित्त नबुझेको बताइन् । ‘आर्बिट्रेसन रुलअनुसार सरकार सिंगापुरस्थित आर्बिट्रेसनमा जाँदैछ । 

सरकारले मेलम्ची निर्माणबापत सीएमसीलाई भ्याटसहित पौने ९ अर्ब रुपैयाँ भुक्तानी गर्नुपर्ने सम्झौता भएको मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले जानकारी दिए । ‘काम गरेबापत सरकारले सीएमसीलाई हालसम्म सात अर्ब ८० करोड रुपैयाँ भुक्तानी गरिसकेको छ’, उनले भने, ‘काम सकिन करिब १० प्रतिशत होला, सीएमसीको दाबीबाट परामर्शदाता कम्पनी इप्टिसाले गरेको सिफारिसमा ८० दिनको म्याद थपेका छौं भने २८ करोड रुपैयाँ भुक्तानी गरेका छौं ।’

अन्नपूर्णबाट

Logo