काठमाडौं ।

फिफा विश्वकप अन्तर्गत भएको शुक्रबारको खेलमा उरुग्वेले इजिप्टलाई पराजित गरेको छ । "/>

इजिप्टविरुद्ध उरुग्वेको संघर्षपूर्ण जीत

इजिप्टविरुद्ध उरुग्वेको संघर्षपूर्ण जीत


काठमाडौं ।

फिफा विश्वकप अन्तर्गत भएको शुक्रबारको खेलमा उरुग्वेले इजिप्टलाई पराजित गरेको छ ।

शुक्रबारको पहिलो खेलमा उरुग्वे लागि जोजे गेमिनेजले एक मात्र गोल गरे । खेल सुरु भएको ८९ औं मिनेटमा जोजेले गोल गरेका हुन् । जिमिनेजले हेडमार्फत गोल गरेका थिए ।

२००६ मा एक एकअर्काका विरुद्ध भिडेका यी दुए टोली आज दोस्रो पटक फिफा विश्वकपमा भिडेका ह्न् । २००६ को उक्त खेलमा पनि उरुग्वेले इजिप्टलार्इ पराजित गरेको थियो । उक्त खेलमा उरुग्वेले इजिप्टलाई २—० गोलले पराजित गरेको थियो। उरुग्वेले १९३० र १९५० मा गरी दुर्इ पटक विश्वकप उपाधि जितिसकेको देश हो । 

समूहमा रुस तीन अंकसहित शीर्षस्थानमा छ। उरुग्वे दोस्रोमा छ। यसअघि बिहीबार रुसले साउदी अरबलाई ५-० गोलले हराएको थियो। नेपाली समयअनुसार पौने ९ बजेबाट मोरक्को र इरानबीच खेल हुनेछ भने पौने १२ बजे पोर्चुगल र स्पेनबीच खेल हुनेछ ।

अहिले पौने ९ बजे समूह बीमा रहेका इरान र मोरक्को पहिलो पटक विश्वकपमा भिड्नेछन् । इरानले हालसम्म विश्वकपको समूह चरण पार गर्न सकेको छैन। इरानले विश्वकप क्वालिफाइङ २०१८ का खेलहरुमा १२ खेलमा विजयी र ६ खेलमा बराबरी गर्दै रसियाकालागि अपराजित यात्रा तय गरेको हो।

यस्तै, पाचौं पटक विश्वकपमा सहभागी हुँदै गरेको मोरक्को १९९६ विश्वकपमा मात्रै राउण्ड अफ १६ मा प्रवेश गरेको थियो। बाँकी सबै खेलहरुमा मोरक्को समूह चरणबाटै बाहिरिएको थियो।

उस्तै नेपाली समयअनुसार पौने १२ बजे बहुप्रतीक्षित खेल हुँदैछ । हालसम्म ३५ पटक आमनेसमने भएका उपाधि दावेदार राष्ट्रहरु स्पेन र पोर्चुगल बीच पहिलो जितको खेजीमा हुनेछन् ।

अहिलेसम्म भएका खेलहरु हेर्ने हो भने स्पेन पोर्चुगल माथि हावि भएको छ । स्पेन १६ पटक विजयी भएको छ भने पोर्चुगलले ६ पटक मात्र विजयी बन्न सकेको छ । बाँकी १३ खेल बराबरी भएको थियो । १९७८ विश्वकपपछि लगातार ११ औं पटक स्पेन विश्वकपमा सहभागी भएको हो। स्पेनबाट स्टारहरु डियगो कोस्टा, डेविड सिल्भा, सर्जिओ रामोस निकै अनुभवि मानिन्छन् ।

पोर्चुगललाई जित्न कठिन छ तर रोनाल्डोलाई टिमले साथ दिन सक्यो भने पोर्चुगलले पहिलो जित दर्ता गर्न सक्छ ।

दक्षिण अफ्रिकामा २०१० मा भएको विश्वकपमा नेदरल्याण्डसलार्इ १—० ले पराजित गर्दै स्पेनले पहिलोपटक विश्व विजेता बनेको थियो। २०१४ मा भने स्पेन समूह चरणबाटै बाहिरिएको थियो। २००२ पछि लगातार ५ पटक विश्वकपमा सहभागी हुँदै गरेको पोर्चुगल पनि २०१४ मा समूह चरणबाटै बाहिरिएको थियो।

को हुन क्रिष्टियानो रोनाल्डो ? आज परीक्षा हुँदै (भिडियोमा)

Skip This
Logo