काठमाडौं

फुटबलकै सबैभन्दा ठूलो रसिया विश्वकप सुरु भइसकेको छ । खेल क्षेत्रमा अब एक महिना सम्म रसिया विश्वकपले अन्य खेललाई ओझेलमा पार्ने पक्का छ । "/>

को को होलान् विश्वकपमा सहभागी सर्वाधिक धनी फुटबलरहरु ?

को को होलान् विश्वकपमा सहभागी सर्वाधिक धनी फुटबलरहरु ?


काठमाडौं

फुटबलकै सबैभन्दा ठूलो रसिया विश्वकप सुरु भइसकेको छ । खेल क्षेत्रमा अब एक महिना सम्म रसिया विश्वकपले अन्य खेललाई ओझेलमा पार्ने पक्का छ । सबैजसो खेलप्रेमी विश्वकप फुटबलबारेमै केन्द्रित हुनेछन् ।

विश्वकपमा ३२ राष्ट्रबाट ७ सय ३६ खेलाडी सहभागी भएका छन् । सयौँ खेलाडी मध्ये विश्वकपमा केही यस्ता छन्, जो विश्वचर्चित मात्र नभएर धनी पनि छन् । यसै सन्दर्भमा अमेरिकन चर्चित पत्रिका फोर्ब्सले विश्वकपमा सहभागी मध्ये धनवान खेलाडीको नाम सार्वजनिक गरेको छ ।

यसमा अर्जेन्टिनी लियोनल मेसी खेलाडी बीच सबैभन्दा धनवान हुन् । पाँचपटकका फिफा वर्ष खेलाडी लियोनल मेसीको कुल सम्पत्ति ११ करोड १० लाख पाउन्ड रहेको छ । आधुनिक फुटबलकै सर्वोकृष्ट खेलाडी मेसी बार्सिलोना र अर्जेन्टिनाका प्लेमेकर हुन् ।

यस्तै क्रिस्टियानो रोनाल्डो रसिया विश्वकपकै दोस्रो धनी फुटबलरमा गनिन्छन् । उनको वार्षिक कमाइ १० करोड ८० लाख पाउन्ड रहेको छ । रोनाल्डोले रियलबाट प्रतिसता ३ लाख ६५ हजार पाउन्ड थाप्छन् । युरोपियन च्याम्पियन्स लिग फुटबल लगातार तीनपटक दिलाएका रोनाल्डोको अब नयाँ सिजनमा वार्षिक आम्दानी बढ्ने पक्का छ । भने जीवनमा परिवर्तन खोजिरहने ब्राजिलका नेमार अहिलेको विश्कपकै तेस्रो धनी फुटबलरमा पर्छन् । ब्राजिलियन कप्तान नेमारले ७ करोड ३० लाख पाउन्ड पारिश्रमिकबाट कमाएका छन् ।

यता फ्रान्सका पोग्बा रसिया विश्वकपकै महँगा खेलाडीमा पर्छन् । २५ वर्षीय पोग्बाको वार्षिक आम्दानी २ करोड ९५ लाख पाउन्ड रहेको छ । यस्तै ब्राजिलका ओस्कार पनि धनि खेलाडीमा परेका छन् । उनको वार्षिक आम्दानी २ करोड ७४ लाख पाउन्ड छ । नयाँ पत्रिकाबाट

Logo