आयोजक रसियाको सानदार शुरुवात

आयोजक रसियाको सानदार शुरुवात


आयोजक रसियाले विश्वकप २०१८ मा विजयी शुरुवात गरेको छ । एशियाली टोली साउदी अरेबियालाई रसियाले एकपक्ष्ँिय खेलमा ५ शून्य गोल अन्तरले पराजित गरेको हो ।

राजधानी मस्कोस्थित घरेलु मैदान लुजनीकि रङशालामा घरेलु दर्शकका अघि रसियाले परिपक्व फुटबल खेलको प्रर्दशन गरेको थियो । खेलको १२औं मिनेटमा रसियाका लागि गाजिन्सिकले गोल गर्दै घरेलु टोलीलाइ अग्रता दिलाएका थिए । त्यसपछि पहिलो हाफकै ४३औं मिनेटमा चेरिसेभले रसियाको अग्रता दोब्बर बनाए ।

खेलको दोस्रँे हाफमा रसिया अझ आक्रमक भयो । ७१औं मिनेटमा ज्यूबाले रसियाका लागि तेस्रँे गोल गरे । खेलको अतिरिक्त समयमा चेरिसेभले ब्यक्तिगत दोस्रँे तथा टोलीका लागि चौथो गोल थपे । त्यस्तै अतिरिक्त समयको अन्तिम मिनेटमा गोलेभिनले रुसका लागि पाचौं गोल थपे । विश्वकपको उद्घाटन खेलमा यो अहिलेसम्म कै आयोजक राष्ट्रको सबैभन्दा राम्रो प्रदर्शन हो ।

विश्वकपको इतिहासमा आयोजक राष्ट्रले पहिलो खेल नहारेको इतिहासलाइ रसियाले पनि कायमै राखेको छ । खेलमा गोलका केही मौका पाएपनि साउदीले त्यसलाइ सदुपयोग गर्न सकेन ।

आजको जितसंगै समुह ए मा ३ अंक बटुल्दै रसियाले दोस्रँे चरणमा पुग्ने सम्भावनालाइ बलियो बनाएको छ । आजको हारले साउदीलाइ अर्को चरणमा स्थान बनाउन दबाव भएको छ । यो समुहका अन्य दुइ टोली इजिप्ट र उश्रग्वे हुन् ।

Logo