अछाम

अछामको तुर्माखाँद गाउँपालिका–४ जया गाउँकी पार्वती बुढाको शवलाई प्रहरीले ५ दिनपछि उत्खनन गरेको छ । "/>

छाउगोठमा सर्पले डसेर मृत्यु प्रकरण : गाडेको ५ दिनपछि पार्वतीको शव उत्खनन् !

छाउगोठमा सर्पले डसेर मृत्यु प्रकरण : गाडेको ५ दिनपछि पार्वतीको शव उत्खनन् !


अछाम

अछामको तुर्माखाँद गाउँपालिका–४ जया गाउँकी पार्वती बुढाको शवलाई प्रहरीले ५ दिनपछि उत्खनन गरेको छ । छाउपडी गोठमा सर्पले टोकेर मृत्यु घटना भएको ४ दिनपछि मंगलबार अछाम प्रहरी घटनास्थलमा पुगेको थियो । गाउँले तथा जनप्रतिनिधिहरुको मिलोमतोमा यो विषय बाहिर ल्याउँदा गाउँको बेइज्जत हुने भन्दै पार्वतीको शवलाई पोष्टमार्टम नगरेरै गाडेपछि प्रहरीले बुधवार दिउँसो पोष्टमार्टमको लागि उत्खन्न गरेको हो ।

छाउगोठमा सुतिरहेका बेला जेठ २६ गते शनिबार राती सर्पको डसाईबाट १८ वर्षिया पार्वतीको मृत्यु भएको थियो । घटना शनिबार राती नै भएपनि प्रहरी भने मंगलबार मात्रै घटनास्थलमा पुगेको थियो । घटनास्थलमा पुगेर जाचँबुझ गरेर गोठ भत्काइएको ठाउँ तथा वरपरको वस्तुस्थितीको फोटो र मुचुल्का तयार गरि प्रहरी मंगलबार नै घटना स्थलबाट फर्केको थियो ।

यो विषयले विभिन्न सञ्चार माध्यममा उच्च प्राथमिकता पाएपछि प्रहरीले शवलाई उत्खनन् गरेको हो । पोष्टमार्टम नै नगरेर शवलाई स्थानीयले गाडेकाले पोष्टमार्टमका लागि उत्खनन गरिएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहनसिंह साउदले जानकारी दिए । शव उत्खनन गरी प्रहरीले पोष्टर्माटमको लागि जिल्ला अस्पताल पुर्याएको छ ।

मानिस तथा जंगली जनावरको डरले ढोका बाहेक अन्य कुनै पनि भाग खाली नराखेर बनाइने छाउपडी गोठमा जाडोयाममा आगो बाल्ने र सुत्दा आगो ननिभाएर सुत्ने गर्नाले अधिकांशको निसासिएर ज्यान जाने गरेको छ । सर्पले टोकेर छाउगोठमा ज्यान गएको पहिलो घटना भएपनि सुत्दा आगो निभाएर सुत्नुपर्छ भन्ने सामान्य जानकारी समेत नराखेका कारण बर्षेनी महिलाले गोठमा ज्यान गुमाइरहेका छन् ।

छाउपडी कुप्रथाको बढी प्रभाव देखिने अछाममा हालसम्म भएको अध्ययन अनुसार पछिल्लो डेढ दशकको अवधिमा मात्र पार्वती लगायत १३ किशोरी तथा महिलाले गोठमा सुतेको बेला बिभिन्न कारणले ज्यान गुमाएका छन् । केहीको निसासिएर ज्यान गएको छ भने अरुको मृत्युको कारण खुलेको छैन । समाजमा पुर्खाहरुले बार्दै आएको छाउपडी कुप्रथाको सिकार कलिलो पुस्ता नचाहेर पनि बन्न बाध्य छन् ।
नागरिकबाट

Logo