काठमाडौं

श्रीमान आशिष जोशीको कम्मर समाएर सुरक्षित महसुस गर्दै स्कुटरमा बसेको केही समयपछि नै अस्मिता बीच बाटोमै दुर्घटनामा परिन् । "/>

सडकमा टिपर आतंक दैनिक रुपमा वढ्दै

सडकमा टिपर आतंक दैनिक रुपमा वढ्दै


काठमाडौं

श्रीमान आशिष जोशीको कम्मर समाएर सुरक्षित महसुस गर्दै स्कुटरमा बसेको केही समयपछि नै अस्मिता बीच बाटोमै दुर्घटनामा परिन् । उनलाई टिपरले पछाडिबाट ठक्कर मात्र दिएन, लतार्दै अघि समेत लग्यो । यसबाट भुइँमा लडेकी २४ वर्षीया अस्मिताको उपचारका क्रममा अस्पतालमै बुधबार ज्यान गयो । सिन्धुपाल्चोकबाट बालुवा लिएर आइरहेको टिपरले स्कुटर लडाएपछि ब्याक गरेर स्कुटर किचेको दाबी गर्दै आक्रोशित स्थानीय बासिन्दाले घटनास्थलमै टिपरमा आगजनी गरेका थिए ।

टिपरको ठक्करबाट जेठमा उपत्यका भित्र ज्यान गुमाउने अस्मिता चौथो व्यक्ति हुन् । यसअघि भक्तपुरमा तीन जनाको ज्यान गएको थियो । बा ७० प ९३९९ नम्बरको स्कुटरपछि बसेकी भण्डारीलाई बा ४ ख ३५५८ नम्बरको टिपरले ठक्कर दिएको थियो । टिपर चालक पृथ्वीनारायण नापितलाई पक्राउ गरी सोधपुछ भइरहेको प्रहरीका प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीले बताए ।

छिमेकीका बिरामी छोरालाई उपचारमा सघाउन गएका भक्तपुर, लोकन्थलीका ५० वर्षीय हरिबहादुर कटुवालले जेठ ९ गते ज्यान गुमाए । दोलखा घर भई लोकन्थलीमै बस्दै आएकी छिमेकी सविता घिमिरेको अनुरोधमा काभ्रेको साँगास्थित नेपाल प्रहरी स्कुलमा पढ्ने बिरामी छोरा अरविन घिमिरे लिन गएका थिए ।

बिरामी अरविनलाई उपचारका लागि अस्पताल पु¥याउन नपाउँदै हरिसँगै तीन जना सडक दुर्घटनामा परे । साँगाबाट भक्तपुर फर्किंदै गर्दा उनीहरू सवार बा ५६ प १२२७ नम्बरको स्कुटीलाई सोही दिशाबाट आएको बा ३ ख ६६७४ नम्बरको टिपरले भक्तपुर पलासेंमा ठक्कर दिएको थियो । ठक्करबाट तीनै जनाको घटनास्थलमै ज्यान गयो । चालक घटनास्थलमै टिपर छाडेर फरार भए ।

पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी टिपर, ट्रकहरूले सडक लेन मिचेर मनोमानी रूपमा हाँक्ने प्रवृत्ति मौलाउँदै गएको बताउँछन् । ‘जति धेरै ट्रिप गर्न सक्यो त्यति धेरै आम्दानी हुने लोभले तीव्र गतिमा हाँक्ने प्रवृत्ति छ । सडक लेन मिचेर हाँक्छन्’, उनले भने, ‘दुईपांग्रे मात्र होइन, पैदल यात्रुलाई पनि ठक्कर दिन्छन् ।’

चालू आर्थिक वर्षको चैत मसान्त सम्म ट्रक/टिपरबाट मात्रै ३४ जनाको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांक छ । अघिल्लो आवमा उपत्यकाभित्र दुर्घटना भएका मध्ये ट्रक/टिपरबाट ६४ जनाले ज्यान गुमाएका थिए । जेठमा मात्र टिपरको ठक्करबाट चार जनाले अकालमा ज्यान गुमाए । विशेषगरी टिपरको लापरबाहीको मारमा दुईपांग्रे सवारीसाधन पर्ने गरेका छन् । सवारी ज्यान सम्बन्धी ऐन, २०४९ को दफा १६१ मा सवारी ज्यानमा सर्वस्वसहित जन्मकैद सम्मको सजायँ हुने व्यवस्था रहे पनि मार्ने मनसाय पुष्टि हुन कठिन हुने भएकाले लापरवाही अन्तर्गत मुद्दा चलाउने गरेको काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सूर्य दाहालले बताए । भवितव्यमा एक वर्षसम्म कैद वा दुई हजार रुपैयाँसम्म जरिवानाको माग गरी मुद्दा दर्ता गर्ने गरेको उनले जानकारी दिए ।

राजधानीबा अतिरिक्त सँगैको काभ्रे जिल्लामा पनि टिपर आतंक वढ्दो छ । यहाँका स्थानिय सडकहरुमा दैनिकजसो यस्ता घटनाहरु दोहोरिने गरेको छ । यस्ता दुर्घटनाहरु नियन्त्रणका लागि हाल सम्म कुनै निकाय प्रभावकारी देखिएका छैनन ।
अन्नपूर्णबाट

 

Logo