दाङ

सस्तो मुल्यमा जग्गा दिन नमानेको भन्दै दाङमा एक महिला निर्घात रुपमा महिलाबाटै कुटिएकी छिन् । "/>

सस्तोमा जग्गा बेच्न नमान्दा नाङ्‍गै बनाएर महिला माथी निर्घात कुटपिट !

सस्तोमा जग्गा बेच्न नमान्दा नाङ्‍गै बनाएर महिला माथी निर्घात कुटपिट !


दाङ

सस्तो मुल्यमा जग्गा दिन नमानेको भन्दै दाङमा एक महिला निर्घात रुपमा महिलाबाटै कुटिएकी छिन् । अर्घाखाँचीको शितगङ्गा नगरपलिका, ठाड खोलाकी ३९ वर्षीया दिलमाया पुनलाई राप्ती गाउँपालिका १ का रेखा गुप्ता र अनिता गुप्ताले शुक्रबार भालुवाङ बजारमा नाङ्गै बनाएर कुटपिट गरेका हुन् ।

राप्ती गाउँपालिका १ पुरानो भालुबाङ बजारमा दिलमायाको घडेरी छ । अर्घाखाँचीबाट आफ्नो घडेरी रेखदेख गर्न दाङ आएकी दिलमायालाई घडेरीसँगैका रेखा र अनिताले ५० हजारमा घडेरी दिन दबाब दिँदै आएको दिलमायाले बताइन् । सस्तोमा जग्गा दिन्न भन्दा कपडा खोलेर नाङ्गै बनाएर मरणासन्न हुनेगरी कुटपिट गरिएको उनले बताइन् ।

लाखौं मूल्य बराबरको घडेरी सस्तोमा दिन नमानेपछि उनीहरुले आफूलाई लछारपछार गर्दै सडकमा ल्याएर कपडा च्यातिदिएर कुटपिट गरेको पीडित दिलमायाले बताइन् । पीडितलाई छिमेकी रेखा र अनिताले कुटपिट गरेको भिडियो भालुबाङका एक बालकले मोबाइलमा कैद गरी सामाजिक सञ्‍जालमा सार्वजनिक गरेपछि घटना बाहिर आएको हो ।
अन्नपूर्णबाट

Logo