काठमाडौँ

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछि कम्युनिस्ट पार्टीका नेताहरूको क्रियाकलाप सामाजिक फाँसीवादतर्फ उन्मुख रहेको बताएका छन् । "/>

कम्युनिस्ट सामाजिक फाँसीवादतर्फ उन्मुख : पौडेल

कम्युनिस्ट सामाजिक फाँसीवादतर्फ उन्मुख : पौडेल


काठमाडौँ

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछि कम्युनिस्ट पार्टीका नेताहरूको क्रियाकलाप सामाजिक फाँसीवादतर्फ उन्मुख रहेको बताएका छन् । प्राध्यापक पिताम्बर शर्मा दाहालद्वारा लिखित ‘मेरो रिमरिमे सम्झना’ को शनिबार राजधानीमा विमोचन गर्दै कांग्रेस नेता पौडेलले निर्वाचनपछि सत्तामा पुगेका कम्युनिस्ट नेताहरूमा देखिएको असीमित महत्वाकांक्षा र भोगको आशक्तिले मुलुकमा नयाँ संकट आउने संकेत देखिएको दाबी गरेका हुन् ।

कम्युनिस्टका कारण मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र सुरक्षित भयो भन्ने अवस्था नरहेको दाबी गर्दै पौडेलले भने, ‘दायाँ र बायाँ दुवैतिरबाट संघीय लोकतान्त्रिक गणतन्त्र माथि खतरा छ । यो सुरक्षित छ भनेर ढुक्क हुने अवस्था छैन ।’ संविधानसभाबाट जारी संविधान कार्यान्वयन गर्नुको साटो सरकार शासकीय स्वरूप परिवर्तनको विषय उठाएर मुलुकलाई अस्थिरतामा धकेल्न लागि परेको आरोप पौडेलले लगाए ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केही नेताहरूले प्रत्यक्ष निर्वाचित राष्ट्रपति बन्ने धोको पूरा गर्न फेरि ७० वर्षपछि टुंगो लागेको शासन व्यवस्था परिवर्तनको कुरा गरेर अस्थिरता निम्त्याउन खोजेको पौडेलको आरोप थियो । ‘व्यक्तिको महत्वाकांक्षाले मुलुकमा नयाँ संकट निम्त्याउन सक्छ,’ पौडेलले भने, ‘स्पष्ट बहुमत हुँदाहुँदै सरकार दुईतिहाइ जुटाउन लाग्नु बाघ कराउनु र बाख्रा हराउनु एकैपटक भएको छ । त्यसले मुलुकको हित गर्दैन ।’ फेरि कार्यकारी राष्ट्रपतिको कुरा गरेर नेपाललाई प्रयोगको थलो नबनाउन आग्रह गर्दै पौडेलले भने, ‘संसदीय शासन प्रणाली नै सबैभन्दा सन्तुलित व्यवस्था हो ।’
नागरिकबाट

Logo