काठमाडाैं

अब सवारी चालक अनुमतिपत्रको लिखित परीक्षामा पास भए–नभएको जानकारी एसएमएसबाटै लिन सकिने ब्यबस्था गरीएकाे छ । "/>

अब लाइसेन्स बारे जानकारी एसएमएसबाटै : यस्तो छ प्रक्रिया

अब लाइसेन्स बारे जानकारी एसएमएसबाटै : यस्तो छ प्रक्रिया


काठमाडाैं

अब सवारी चालक अनुमतिपत्रको लिखित परीक्षामा पास भए–नभएको जानकारी एसएमएसबाटै लिन सकिने ब्यबस्था गरीएकाे छ । आफ्नो स्मार्ट लाइसेन्स प्रिन्ट भए–नभएको पनि एसएमएसकाे माध्यमबाट थाहा पाउन सकिने भएकाे छ ।

यातायात व्यवस्था विभागले एसएमएस गरेर नतिजा र स्मार्ट लाइसेन्स प्रिन्ट भए-नभएको थाहा पाउने सकिने सिस्टम सञ्चालनमा ल्याएको हो । सवारी चालक अनुमतिपत्रको लिखित परीक्षाको नतिजा थाहा पाउन WT लेखेर एउटा स्पेस छाडेर एप्लिकेन्ट आईडी टाइप गरेर (WT‹space›Applicant ID) ३१००३ मा एसएमएस गर्न सकिनेछ ।

त्यसैगरी विभागले आफ्नो स्मार्ट लाइसेन्स प्रिन्ट भए, नभएको थाहा पाउन पनि एसएमएसको सुविधा सुरु गरेको छ । यसका लागि LC टाइप गरी एक स्पेश दिएर एप्लिकेन्ट आईडी टाइप गरी (LC‹space›Applicant ID) ३१००३ मा एसएमएस गर्न सकिने छ ।

विभागले हालै ४ वटा स्मार्ट कार्डप्रिन्ट गर्ने मेसिन ल्याएको छ । अहिले झण्डै ३ लाख सेवाग्राही लाइसेन्स कुरिरहेका छन् । अबको २ महिनाभित्र लाइसेन्सका अभावसम्बन्धी सम्पूर्ण समस्या हट्ने विभागका प्रवक्ता तुल्सीराम अर्यालले जानकारी दिए । 

नेपाल समाचारपत्रबाट

Logo