विराटनगर

प्रधानमन्त्री केपी ओलीले प्रदेश सरकारलाई योजना बनाउन बजेट छैन भने संघीय सरकारसँग भन्न आग्रह गरेका छन् । "/>

संघीयता कार्यान्वयन प्रारम्भिक चरणमै छ : प्रधानमन्त्री

संघीयता कार्यान्वयन प्रारम्भिक चरणमै छ : प्रधानमन्त्री


विराटनगर

प्रधानमन्त्री केपी ओलीले प्रदेश सरकारलाई योजना बनाउन बजेट छैन भने संघीय सरकारसँग भन्न आग्रह गरेका छन् । ओलीले बजेट नभए संघीय सरकारले बजेटको व्यवस्था गर्ने आश्वासन दिँदै देश भित्र नभए विदेशबाट पनि सफ्टलोन ल्याएर भए पनि विकास गर्ने बताए । ‘स्रोत थोरै छ, जनअपेक्षा धेरै छन् तर यसो भन्दैमा विकासमा पछि पर्ने भन्ने हुन्न’, उनले भने, ‘देश भित्र छैन भने बाहिरबाट सफ्ट लोन ल्याइन्छ । सयकडा डेढ रुपैयाँ सम्म पैसा ल्याएर भए पनि विकासका काम गर्न सकिन्छ ।’

संघीयता कार्यान्वयनको प्रारम्भिक चरणमा रहेकाले मात्र कतिपय अधिकार केन्द्रमा राखे जस्तो देखिए पनि यो तल्लो तहसम्म हस्तान्तरण हुने उनको भनाइ छ । कर्मचारी अभाव र पूर्वाधार व्यवस्थापन जस्ता कतिपय समस्याका कारण अधिकार केन्द्रले नै राखे जस्तो देखिएको भने ओलीले स्वीकार गरेका छन् ।

‘संघीयता कार्यान्वयन प्रारम्भिक चरणमै छ’, विराटनगरमा शनिबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अहिले केन्द्रले अधिकार लिन खोजे जस्तो देखिए पनि यो बिस्तारै तल आउँछ, माथि राखिँदैन ।’
अन्नपूर्णबाट

Logo