काठमाडौँ

नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको कुलेखानी दोस्रो जलविद्युत केन्द्रको एउटा युनिटमा समस्या आउँदा विद्युत उत्पादन ५० प्रतिशतले कम भएको छ । "/>

कुलेखानीेबाट पचास प्रतिशत कम विद्युत उत्पादन

कुलेखानीेबाट पचास प्रतिशत कम विद्युत उत्पादन


काठमाडौँ

नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको कुलेखानी दोस्रो जलविद्युत केन्द्रको एउटा युनिटमा समस्या आउँदा विद्युत उत्पादन ५० प्रतिशतले कम भएको छ । ‘स्टेटर वाइन्डिङ’ को मर्मत गर्नु पर्ने भएकाले कुलेखानी पहिलो र दोस्रो जलविद्युत केन्द्रबाट ४६ मेगावाट मात्रै विद्युत उत्पादन भइरहेको छ भने ४६ मेगावाट बन्द छ । कुलेखानी पहिलोबाट ३० र दोस्रोबाट १६ मेगावाट विद्युत उत्पादन भइरहेको छ । ती दुई आयोजनाले ९२ मेगावाट विद्युत उत्पादन गर्छ ।

सो आयोजनाको युनिट दुईको जेनेरेटरको ‘स्टेटर वाइन्डिङ’ मा समस्या देखिएपछि २० जेठ देखि केन्द्रबाट १६ मेगावाट विद्युत उत्पादन बन्द भएको प्राधिकरणले जनाएको छ । कुलेखानी दोस्रोको एउटा युनिट बन्द भएको अवस्थामा पहिलोलाई ६० मेगावाटमा चलाउँदा जलाशयको पानी खेर जाने भएकाले पहिलो पनि ३० मेगावाटमा मात्रै सञ्चालन गरिएको छ ।

कुलेखानी पहिलोबाट विद्युत उत्पादन गरी निक्लिएको पानीबाट दोस्रो विद्युत गृह सञ्चालन हुन्छ । कुलेखानीलाई अन्य विद्युत केन्द्र जस्तो २४ सै घण्टा चलाइँदैन । विद्युतको माग बढेका बेला आवश्यकताका आधारमा मात्रै सञ्चालन गरिन्छ । कुलेखानी पहिलोमा ३०/३० मेगावाटका दुईवटा र दोस्रोमा १६/१६ मेगावाटका दुईवटा टर्बाइन छन् । अहिले दुवै विद्युत गृहका एउटा–एउटा मात्रै टर्बाइन चलाइएको प्राधिकरणले जनाएको छ ।
रासस

Logo