काठमाडौं

१७ वर्षको कलिलो उमेरमै विश्वकपमा ६ गोल गरेर ब्राजिललाई पहिलो पटक विश्वकपको उपाधि दिलाउने प्रमुख खेलाडी हुन्– ‘पेले’ । "/>

विश्वकप विशेष : फुटबलका बादशाह पेले कहिले उदाए विश्वकपमा ?

विश्वकप विशेष : फुटबलका बादशाह पेले कहिले उदाए विश्वकपमा ?


काठमाडौं

१७ वर्षको कलिलो उमेरमै विश्वकपमा ६ गोल गरेर ब्राजिललाई पहिलो पटक विश्वकपको उपाधि दिलाउने प्रमुख खेलाडी हुन्– ‘पेले’ । पेलेको उदय भएको सन् १९५८ को छैटौँ विश्वकपमा ब्राजिलले उपाधि जितेर पहिलोपटक विश्वकप ट्रफी उठाएको थियो । ब्राजिलका लेजेन्डरी फुटबलर पेलेले आफ्नो समयमा गरेको प्रदर्शन यतिबेला कालजयी बनेको छ ।

फुटबलमा कालो हिराको उपनामबाट परिचित पेले वास्तवमा फुटबल खेल्न तथा विश्वकप जित्नका लागि नै जन्मिएका हुन् । उनी फुटबलमा ‘बाई साइकल किक’ मार्फत गोल गर्ने विज्ञका रूपमा परिचित छन् । उनी गोलको अवसर सिर्जना गर्न पोख्त हुनुका साथै डेढ बलका विशेषज्ञका रूपमा समेत चिनिन्थे । त्यतिबेला १७ वर्षे पेलेले प्रतियोगितामा १० नम्बरको जर्सी लगाएर खेल्दै मैदानमा तहल्का मच्चाए भने विश्वकपमा सबैभन्दा कम उमेरका खेलाडी समेत उनी नै थिए ।

यसै विश्वकपमा फ्रान्सका जस्ट फोन्टेनले एकै विश्वकपमा सर्वाधिक १३ गोल गर्ने कीर्तिमान बनाए । जुन हालसम्म कसैले तोड्न सकेका छैनन् । समूहचरण अन्तर्गत फ्रान्सले पाराग्वेविरुद्ध ७–३ को जित निकाल्दा फोन्टेनले ह्याट्रिक गरेका थिए । यसैगरी क्वार्टरफाइनलमा दुई तथा सेमिफाइनलमा ब्राजिलसँग फ्रान्स ५–२ ले हार्दा फोन्टेनले एक गोल गरेका थिए ।

त्यसपछि तेस्रो स्थानका लागि भएको खेलमा फ्रान्सले जर्मनीलाई ६–३ ले हराउँदा फोन्टेन एक्लैले चार गोल गर्दै एकै विश्वकपमा १३ गोल गर्ने कीर्तिमान बनाए । स्वीडेनमा भएको सो विश्वकपमा ब्राजिलले आयोजक राष्ट्रलाई ५–२ ले पराजित गरेको थियो । जसमा पेले र भाभाले समान दुई–दुई गोल गरे भने मारियो जगालोले थप एक गोल गरेका थिए ।
एजेन्सी

Skip This
Logo