ज्ञानमणि नेपाल कालोटोपी
काठमाडौं

राजधानीवासिको खानेपानीको सपनाका रुपमा रहेको चर्चित तथा बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना सम्पन्न भई राजधानी ल्याइने भनिएको पनि २० वर्ष बितिसक्यो तर अहिले सम्म पनि योजना सम्पन्न हुन नसक्दा राजधानीवासिको सपना विपनामा परिणत हुन सकेको छैन । "/>

उपत्यकामा मेलम्ची अब कहिले आउँछ सरकार ??

उपत्यकामा मेलम्ची अब कहिले आउँछ सरकार ??


ज्ञानमणि नेपाल कालोटोपी
काठमाडौं

राजधानीवासिको खानेपानीको सपनाका रुपमा रहेको चर्चित तथा बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना सम्पन्न भई राजधानी ल्याइने भनिएको पनि २० वर्ष बितिसक्यो तर अहिले सम्म पनि योजना सम्पन्न हुन नसक्दा राजधानीवासिको सपना विपनामा परिणत हुन सकेको छैन ।

योजना निर्माणमा विभिन्न विवाद , स्थानियहरुको अवरोध तथा ठेकेदारले विच–विचमा काम छोड्ने गरेका कारण योजना समयमा सम्पन्न हुन नसकेपछि राजधानीवासिको सपना सपनामै सिमित रहेको हो । दैनिक १७ करोड लिटर पानी सिन्धुपाल्चोकको मेलम्चीबाट राजधानी लैजाने भनेर सन् १९९८ देखि आयोजना शुरु भएको थियो । यस अवधिमा अर्बौं लिटर पानी मेलम्चीमा बग्यो , त्यस सँगै आयोजना निर्माणका क्रममा अर्बौं रुपयाँ पनि सकियो तर अहिले सम्म योजना सम्पन्न भएको छैन । एशियाली विकास वैंक (एडिवि) लगायत अन्य संस्था र नेपाल सरकारको संयुक्त लगानीमा शुरु आयोजनाका लागि निर्माण गरिनु पर्ने २७ किलोमिटर सुरुङ्ग मध्ये अहिले अधिकांश काम त सकिएको छ । राजधानीका घर घरमा पाइप विछ्याउने र पानी जम्मा गर्ने ट्यांकी निर्माणको धेरै जसो काम सकिएको छ । वर्तमान सरकार गठन भए पछि खानेपानी मन्त्री बिना मगरले सुरुङ्ग निर्माणको ब्रेक थ्रु गर्दै आगामी दशैं सम्ममा जसरी पनि राजधानीका घर घरमा मेलम्चीको पानी खसाल्ने उद्घोष गरेकी थिइन् । तर अब उनको यो उद्घोषले पनि काम नगर्ने भएको छ ।

पटक पटक गरि पछिल्लो पटक आगामी दसैं अघि नै सम्पन्न हुने भनिएको बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको काम यतिखेर ठप्प भएको छ । बढीमा चार महिना भित्र काठमाडौंमा मेलम्ची पु¥याउने प्रतिबद्धता गर्दै तालिका बनाएर काम गर्ने भनिए पनि ठेकेदार कम्पनीले काम नगरेपछि सरकार अन्योलमा परेको हो । खानेपानीमन्त्री बिना मगरले ढिलोमा पनि दसैं अघि पानी वितरण गर्ने बताएकी थिइन् । मन्त्रालयले इटालीमा रहेको ठेकेदार कम्पनी सीएमसीको केन्द्रीय कार्यालयलाई गत शुक्रबार अन्तिम पत्र पठाएको छ । मन्त्रालयका सचिव कृष्णराज बीसीले झन्डै एक महिना देखि काम रोकिएको जानकारी दिँदै अब पनि उच्च व्यवस्थापनले गम्भीरता नदेखाए सरकारले जस्तोसुकै कदम पनि चाल्न सक्ने चेतावनी दिए ।

ठेकेदारले विभिन्न बहाना गरेको, साइटमा इन्जिनियर लगायतसँग समन्वय नगरेको, उच्च पदस्थसँग आन्तरिक विवाद भएको र परामर्शदातासँग पनि समन्वय नगरेको लगायत कारणले मेलम्चीको काम अघि नबढेको उनको भनाई छ । सम्बन्धित ठेकेदार पक्षको सहमति अनुसार अब टनेल इन्भर्ट लाइनिङ र फाइनल सपोर्ट, हेडवक्र्स र पानी पठाउने अन्य संरचना, टनेल मोनिटरिङ प्रणाली र तथ्यांक प्रणालीमा सूचना, एयर भेन्टिलेसन, भर्टिकल साफ्ट स्थापना र पानी डाइभर्सन गर्ने काम बाँकी छ ।

वैशाख १३ गते मन्त्रालयका उच्च कर्मचारी, मेलम्ची आयोजना विकास समितिका निर्देशक, एसियाली विकास बैंकका प्रतिनिधि, ठेकेदार र इन्जिनियर समेतको सिंहदरबारमा बसेको बैठकमा साउन ३० गते भित्र सुन्दरीजलमा पानी खसाल्ने गरि तालिकासहित कार्ययोजना बनाइएको थियो । २७ किलोमिटर लामो सुरुङको गत चैत २७ गते सिन्धु ग्याल्थुम खण्डको साँढे सात किलोमिटर ब्रेक थ्रु भएको थियो । जेठ १६ गते मन्त्रालयका सचिवको नेतृत्वमा टोेली पुग्दा इन्जिनियर बाहेक कोही नभएपछि राष्ट्रिय गौरवको आयोजना मेलम्ची दूरवस्थामा पुगेको थाहा पाएका थिए । ‘काममा लापरबाहीको चरम नमुना देख्यौं । आश्चर्यमा परेका छौं’, सचिव बीसीले भने, ‘सार्वजनिक रूपमै बोलेको र कार्ययोजनामा सहमति भएको विषयमा काम नहोला भनेर हामीले सोचेकै थिएनौं ।’

भूकम्प लगायत कारणले ढिलो भएको र क्षतिपूर्तिबापत एक अर्ब ६५ करोड रुपैयाँ दाबी गरेको समितिका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले बताए । ‘चट्टान काट्ने कामका सन्दर्भमा २८ करोड दिएका छौं, बाँकीको मुद्दा डिस्प्युट बोर्डमा पेन्डिङ छ ।’ योजना शुरु भए देखिकै हिसाव गर्ने हो भने मेलम्चीको यो उपलब्धि खर्च र समयको लगानी अनुशार ज्यादै कम हो । बाँकि निर्माणलाई तिव्रता दिईएको भनिएपनि आगामी दशैं सम्ममा आयोजनाको काम सकिनेमा भने अहिले आशंका वढेको छ ।

योजना सम्पन्नका लागि इटालियन ठेकेदार कम्पनी सिएमसिले यस अघि दैनिक २० देखि २५ मिटर सुरुङ्ग निर्माण गर्दै आएको मेलम्ची खानेपानी आयोजनाले जनाएको थियो । यस अघि निर्माण गर्दै आएको पुर्व ठेकेदार कम्पनी चाइना रेल्वे १५ व्युरो कर्पोरेसनले दैनिक यति निर्माण गर्न सकेको थिएन । निर्धारित समयमा काम सम्पन्न गर्न सम्बन्धित ठेकेदार कम्पनीले दैनिक करिव ४ सय ५० जना कामदारलाई चौविसै घण्टा परिचालन गरेको भएपनि एक महिना देखि काम ठप्प भएको छ ।
ठेकेदार कम्पनीले ६ ठाउँबाट सुरुङ्ग खन्ने काम गर्दै आएको थियो । मेलम्चीमा काम गर्दै आएको पहिलेको ठेकेदार कम्पनी चाइना रेल्वे १५ व्युरो कर्पोरेसनले एकतर्फि रुपमा सम्झौता तोडेपछि विगत ५ वर्ष देखि काम प्रभावित हुदैं आएको छ । लगत्तै अहिलेको इटालियन कम्पनीले काम जिम्मा लिए पछि आयोजनाको काम पहिले भन्दा तिव्र गतिमा भईरहेको बताईए पनि काम प्रभावकारी हुन भने अझै सकको छैेन ।

अहिले सम्म यस आयोजनामा करिव २५ अर्व रुपयाँ लगानी भईसकेको छ । यसको अनुमानित खर्च करिव ३२ करोड अमेरिकी डलर ( ३५ अर्व नेपाली रुपयाँ ) रहेको छ । जस मध्ये झण्डै आधा हिस्सा अर्थात १४ करोड डलर एशियाली विकास बैंकले खर्च गर्नेछ । बाँकि मध्ये जापानी अन्र्तराष्ट्रिय सहयोग नियोग (जाइका) ले करिव २ करोड डलर , जापानको अन्र्तराष्ट्रिय सहयोग बैंक ( जेबी ) को करिव ५ करोड डलर , तेल निर्यातक राष्ट्रहरुको नियोग ( ओपेक ) को करिव १ करोड ५० लाख डलर , नर्डिक विकास फन्टको करिव १ करोड ५ लाख डलर र नेपाल सरकारको करिव ९ करोड १० लाख डलर खर्च हुने अनुमान छ ।

यतिखेर राजधानीमा दैनिक करिव ३७ करोड लिटर खानेपानीको माग रहेको छ । जस मध्ये खानेपानी संस्थानले करिव १४ करोड लिटर जति मात्र आपूर्ति गर्न सकेको छ । बाँकि खानेपानीका लागि इनार, ढुङ्गेधारा, ट्याङ्कर , जार र बोतलको पानी उपयोग गर्न राजधानीवासिहरु बाध्य छन् । अहिले दैनिक झण्डै ५ करोड रुपयाँ भन्दा वढिको पानी खरिद हुने गरेको छ । मेलम्ची खानेपानी आयोजना सम्पन्न हुने हो भने अहिलेको मागलाई धान्न सकिने आयोजना बताउँछ ।

आयोजनाले जनतालाई सधैं जसो दशैंलाई मेलम्चीको पानी खुवाउने भाका राख्दै आएको छ । तर पछिल्लो यो भाका पनि करिव अन्त्य झैं भएको छ । अब नागरिकले आयोजना र सरकारलाई विश्वास गर्न सक्ने अवस्था छैन । आयोजना निर्माण शुरु गर्दा सन् २००८ मै सम्पन्न गर्ने भनिएको भएपनि अहिले त्यसको १० वर्ष बितिसक्दा पनि अझैं अन्योल छ । सरकारकै ढिलासुस्ति र आयोजनामा राजनितीक हस्तक्षेप बढ्न गएकाले पनि यो समयमा सम्पन्न हुन नसकेको राजधानीवासीको आरोप छ । जति सक्दो चाँडो आयोजना सम्पन्न गर्न सरकारले कुनै कसुर बाँकि राख्न नहुने र छिट्टै राजधानीको खानेपानी समस्या हल गर्नु आवश्यक रहेको सर्वसाधारणको मागलाई आयोजनाले समयमै काम सक्ने हो कि होइन त्यो भने प्रतिक्षाकै विषय रहेको राजधानीवासिले बताएका छन् । उनीहरु सरकारलाई सोध्छन् , उपत्यकामा मेलम्ची अब कहिले आउँछ सरकार ??

Logo