पोखरा

संघिय नेपालमा रहेका ७ प्रदेश मध्ये अहिले सम्म प्रदेश नं. ६ को मात्र नाम र स्थायी मुकाम तोकिएको छ । "/>

प्रदेश नं. ४ को नाम अव गण्डकी प्रदेश रहने

प्रदेश नं. ४ को नाम अव गण्डकी प्रदेश रहने


पोखरा

संघिय नेपालमा रहेका ७ प्रदेश मध्ये अहिले सम्म प्रदेश नं. ६ को मात्र नाम र स्थायी मुकाम तोकिएको छ । सम्बन्धित प्रदेश सरकारले नै नाम र स्थायी मुकाम तोकिने संबैधानिक व्यवस्था अनुरुप प्रदेश नं. ६ ले कर्णाली प्रदेशको नाम पाएको हो । अन्य प्रदेशहरुका नाम र मुकामबारेमा छलफल चलिरहेकै बेला प्रदेश नं. ४ को नाम नाम गण्डकी र प्रदेश राजधानी पोखरामा राख्नु पर्ने पक्षमा ४५ जना सांसदहरु रहेका छन् । यो कुल सांसदको ७५ प्रतिशत संख्या हो ।

प्रदेशको नाम तमुवान मगरात राख्न पनि ठुलै समुहले सुझाव दिएका छन । प्रदेशको नाम राख्न गठित समितिलाई बिभिन्न जातीय समुहले प्रदेशको नाम जातीय आधारमा राख्नु पर्ने सुझाव दिएका थिए । अव प्रदेश सभाबाट बहुमतले प्रदेशको नाम राख्ने ४ नम्वर प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

प्रदेशको नाम सिफारिस गर्न गठित समितिले प्रदेश भित्र पर्ने ११ वटा जिल्ला घुमेर तयार पारेको प्रतिवेदन अनुसार ४५ प्रतिशत जनताले गण्डकी प्रदेश नामाकरण गर्न सुझाव दिएको भन्दै समितिले आफ्नो प्रतिवेदन मुख्यमन्त्रीलाई हस्तान्तरण गरेको छ । प्रदेश नम्वर ४ को राजधानी भने पोखरा नै राख्नुपर्ने सुझाव आएका छन । ९४ प्रतिशतले पोखरा राजधानी हुनुपर्ने सुझाव दिएका छन् । बाँकी प्रदेशको नाम र स्थायी मुकामबारे अझै टुंगो लागेको छैन ।

Logo