नवराज सापकोटा
बेथानचोक, काभ्रे

वरीपरी आलुका विभिन्न परिकार युक्त स्टल, नजिकैको चौरमा मञ्च, मञ्चमा सजाइएर राखिएका आलु हेर्दा रोचक देखिन्थ्यो । "/>

काभ्रेको बेथानचोकमा कोदालो बोकेर संचारमन्त्री जब खेतमा पुगे…!

काभ्रेको बेथानचोकमा कोदालो बोकेर संचारमन्त्री जब खेतमा पुगे…!


नवराज सापकोटा
बेथानचोक, काभ्रे

वरीपरी आलुका विभिन्न परिकार युक्त स्टल, नजिकैको चौरमा मञ्च, मञ्चमा सजाइएर राखिएका आलु हेर्दा रोचक देखिन्थ्यो । मञ्चमा संचार सुचना तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटा लगायत प्रबुद्ध व्यक्तिहरुको उपस्थिति थियो । सबैको गलामा आलुको माला थियो । कार्यक्रमको उद्घाटनकार्य शुरु भयो प्रमुख अतिथि बास्कोटाले पानसमा बत्ति बाले र त्यस पछि नजिकैको खेतमा पुगे । खेतमा पुगेका सूचना संचार मन्त्री गोकुल बास्कोटाको हातमा कोदालो थियो । कृषि क्षेत्रका विभिन्न व्यक्तित्व तथा स्थानीय जनप्रतिनिधिसँगै रहेका उनले खेतमा लगाइएको आलुका बोट खने र आलुका दाना निकाले । त्यस पस्चात उपस्थितले ताली बजाए । यसरी आलु महोत्सव स्थल साँच्चिकै आलुमय भएको थियो ।

शनिवार काभ्रे आलुमहोत्सवको दृष्य हो यो । उपत्यकामा तरकारी निर्यात गर्दै आएको काभ्रेले वर्षेनी १ लाख ८४ हजार ६ सय २२ मे.टन आलु उत्पादन गर्दै आएको भए पनि पहिलो पटक आलु महोत्सव भएको छ । बेथान्चोक आलु सुपरजोन समन्वय समितिको आयोजनामा बेथानचोक गाउँपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन इकाइ काभ्रे ,काठमाडौ, भक्तपुर जिल्ला कृषि विकास कार्यालय धुलिखेलको आयोजनामा महोत्सव भएको हो ।

कृषिमा यान्त्रिकरण, खेतीमा आधुनिकीकरण, कृषिमा पौरख काभ्रेको गौरव भन्ने नाराका साथ आयोजना गरिएको महोत्सवकोे उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले आर्थिक समृिद्धको पहिलोे आधारशिलाको रुपमा कृषि क्षेत्र रहेको बताए । सरकारको प्राथमिकता कृषि क्षेत्र रहेकाले लगानी त्यस अनुसार कै हुने उहाँको भनाई थियो ।

उत्पादनशिल क्षेत्रको पहिचान गरी तिव्र प्रतिफल प्राप्त हुने क्षेत्रमा नै बजेटको पहिलो प्रथमिकता रहेको बताउँदै । नेपालका लागि कृषि नै त्यस्तो क्षेत्र हो जहाँबाट छिट्टै प्रतिफल प्राप्त गर्न सकिन्छ उनको भनाई थियो । प्रतिफल राम्रो पाइने भएर पनि कृषकले भने न्यून आम्दानी गर्ने गरेका छन् भन्दै तरकारीमा पनि सिण्डिकेटको कारण कृषक मारमा परेको र त्यसलाई हटाउन सरकार प्रतिबद्ध रहेको बताए । सरकारको नीति तथा कार्यक्रम तर्फ लक्षित गर्दै बाँस्कोटाले सरकारले नगर्ने काम नभन्ने र भनेको कार्य गरेरै छाडने बताउँदै सरकार भष्ट्राचारको विषयमा शुन्य सहनशिलताको पक्षमा रहेको बताए ।

अब सरकारले सम्पूर्ण क्षेत्रमा स्रोत साधनको मानविय क्षमताको प्रयोग गरेर देशलाई आर्थिक रुपमा सबल बनाउने लक्ष्य लिएको छ । मुलुक आर्थिक रुपमा सक्षम रहदाँ मात्र अन्य मुलुकले समेत हेप्न सक्दैन, यसमा सरकारले विदेशी सम्बन्ध सन्तुलन बनाएको छ उनको तर्क थियो । बेथानचोक क्षेत्रमा कृषि सँगै जडिबुटी र पर्यटनका हिसाबले पनि प्रशस्त सम्भवना रहेको बताउँदै यस तर्फ सरकारले आवश्यक कार्य अगाडी बढाउने बताउनु भयो ।

बेथाञ्चोक गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तिमल्सिनाले कृषि क्षेत्रको विकास गर्न सके यसबाटै युवा विदेश पलायन हुनबाट रोकिने बताए । हामी सँग कृषि क्षेत्रका प्रशस्त सम्भावना छन् , तिनलाई हामीले समुचित प्रयोग गर्नु पर्छ विदेशको भन्दा बढि यही आम्दानी भए पछि को किन जाने, विदेश उनको प्रश्न थियो । आफु घुस देखि टाढा बस्ने र अरुलाई पनि घुस खान नदिने सिद्धान्त रहेको बताउँदै श्रम गर्ने मानिस मात्रै सफल बन्ने उनको तर्क थियो ।

Logo