नुवाकोट

नुवाकोटमा इन्धन भण्डारण गृह निर्माणको लागि प्रक्रिया सुरु भएको छ । चीन सरकारको सहयोगमा बन्न लागेको इन्धन भण्डारण गृहको लागि जग्गा छनोट समेत भइसकेको छ । "/>

चीनको सहयोगमा नुवाकोटमा इन्धन भण्डारण गृह निर्माण सुरु

चीनको सहयोगमा नुवाकोटमा इन्धन भण्डारण गृह निर्माण सुरु


नुवाकोट

नुवाकोटमा इन्धन भण्डारण गृह निर्माणको लागि प्रक्रिया सुरु भएको छ । चीन सरकारको सहयोगमा बन्न लागेको इन्धन भण्डारण गृहको लागि जग्गा छनोट समेत भइसकेको छ ।

‘पेट्रोलियम पदार्थ भण्डारण गृह निर्माण गर्न जग्गा पहिचान कार्यदल’ को अनुसार विदुर नगरपालिका वडा नम्बर ५ बुनीबेशीमा इन्धन भण्डारण गृह निर्माण गर्न लागिएको हो । जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको ९८ रोपनी जग्गा इन्धन भण्डारण गृह निर्माणको लागि उपयुक्त रहेको कार्यदलका संयोजक उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव लबदेव जोशीले बताएका छन् । ‘इन्धन भण्डारण गृह निर्माण गर्नको लागि समथर भुमि भयो भने उत्कृष्ट मानिन्छ । सडकको पहुँच राम्रो हुनुको साथै सुरक्षाको हिसाबले पनि राम्रो बन्दोबस्त हुनुपर्छ । कार्यदलले सबैसँग सल्लाह गरेर अवलोकन गर्दा बुनीबेँशीमा रहेको जग्गा प्राथमिकतामा परेको छ,” जोशीले भने, ‘अब हामी यहाँको भूगोलको प्राविधिक परिक्षण गरी प्रतिवेदन तयार गर्नेछौँ ।’

चीन सरकारले नेपालको तीन स्थानमा इन्धन भण्डारण गृह बनाउन सहयोग गर्ने बचन दुई वर्ष अघि नै दिइसकेको थियो । त्यसैलाई मध्यनजर गर्दै नेपालले कार्यान्वयनको लागि आवाज उठाउन सहज होस् भन्ने उद्देश्यले पनि कार्यदलले आफ्नो सक्रियतालाई बढाउदै आइरहेको छ ।

इन्धन भण्डारण गृह निर्माणको लागि देशको गोरखा, तनहुँ, ललितपुर र काभ्रेमा पनि जग्गा खोजीको प्रक्रिया अघि बढिरहेको कार्यदलका संयोजक जोशीले बताएका छन् । ‘प्रधानमन्त्री केपी शर्मा ओलीले अब चीनको भ्रमण गर्ने कार्यक्रम तय हुँदैछ । भ्रमणमा प्रधानमन्त्रीले एजेण्डा प्रस्तुत गर्नुहुनेछ ।’ जोशीले थपे, ‘कुनै सङ्कट आइपरेमा तीन महिना सम्मलाई पुग्ने इन्धन भण्डारण गृह बनाउन नेपाल अग्रसर भएर लागि परेको छ ।
नागरिकबाट

Logo