काठमाडौं
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि पनि बढाएको छ । निगमले आज राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य ३ /३ रुपैयाँ वृद्धि गरेको हो । "/>

आयल निगमद्वारा फेरि इन्धनको मुल्यवृद्धि : अब पेट्रोल प्रतिलिटर ११३ रुपैयाँ

आयल निगमद्वारा फेरि इन्धनको मुल्यवृद्धि : अब पेट्रोल प्रतिलिटर ११३ रुपैयाँ


काठमाडौं
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि पनि बढाएको छ । निगमले आज राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य ३ /३ रुपैयाँ वृद्धि गरेको हो ।

अब पेट्रोल लिटरमा ११३ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य ९५ रुपैयाँ पुगेको छ । हवाई इन्धनमा ५ रुपैयाँ वढाइएको छ भने ग्याँसको मूल्य यथावत रहेको निगमले जनाएको छ । यो मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर १.५९ तथा डिजेल र मट्टितेलमा रु ३.४९ घाटा रहेको जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य लगातार वृद्धि भइरहेको जनाउँदै आयल निगमले मुल्यवृद्धि गर्नु परेको बताएको छ । वर्तमान सरकार गठन भएपछि इन्धनमा गरिएको यो छैठौं पटकको मुल्यवृद्धि हो ।

 

Logo