मेरो एसएलसी परीक्षाको रिजल्ट २०४५ को जेठ अन्तिमतिर भयो । रिजल्ट भएको समाचार रेडियो नेपालबाट सुनेँ तर पास फेल थाहा पाउने कुनै उपाय थिएन । "/>

अनुभूति: उल्टो यात्रा

अनुभूति: उल्टो यात्रा


मेरो एसएलसी परीक्षाको रिजल्ट २०४५ को जेठ अन्तिमतिर भयो । रिजल्ट भएको समाचार रेडियो नेपालबाट सुनेँ तर पास फेल थाहा पाउने कुनै उपाय थिएन । पास हुने आत्मविस्वास भएपनि रिजल्ट नहेरी के भन्न सकिन्थ्यो र ! मनमा एकतमासको तुलबुल भइरह्यो । भोलिपल्टै म गोरखापत्रको खोजीमा निस्केँ । तीनचार कोस टाढाका हाईस्कुलसम्म पुगेँ । दशौँ दिनमा मैले गोरखापत्र भेट्टाएँ । पत्रिका हेर्न धुकचुक भयो । नजानिँदो गरी हात कामे । साहस बटुलेर हेरेँ । प्रथम श्रेणीकै लहरमा आप्mनो सिम्बोल नम्बर–२२८४१m भेट्टाएँ । खुसीले मेरा खुट्टा त्यतिखेर भुइँमा थिएनन् कि ! आप्mनो रिजल्ट थाहा पाउन महिनौँ दिनसम्म पर्खिने मान्छे अहिले दश मिनेट पनि पर्खन सक्दैन । सञ्चार–सञ्जालमा भएको विकासले मानिसलाई सजिलो त पारेको छ तर धैर्य, सहनशीलता, संवेदनशीलता जस्ता मानिसमा नभ ैनहुने गुणलाई भने जरैदेखि मार्दै लगेको अनुभव हुन्छ ।

बेल्का बल्लबल्ल घर आइपुगेँ । पहिले आमालाई सुनाएँ । आमाको आँखाबाट खुसीका आँसु झरे । बोल्न सक्नुभएन । मेरो मुखमा हेरिबस्नुभयो । म बाँसघारीको पधेँरामा लुगा धुन गएँ । खुसीले मैले रविन शर्माको यो गीत गाएको थिएँ,

‘हर्षले मन मेरो चुमेको छ
जीवनमा नयाँ घाम लागेको छ
आज सारा शरीरभरि खुसीको लहर छाएको छ ।’

मैले शिवपुरी माध्यमिक विद्यालय महाराजगञ्जबाट एसएलसी दिएको थिएँ । भीमेश्वर रुद्र माध्यमिक विद्यालय, चिसापानी, रामेछापका विद्यार्थी बालकृष्ण कार्की र म गाउँ पञ्चायतभरिमै पहिलोचोटि प्रथमश्रेणीमा एसएलसी पास गर्ने विद्यार्थी भयौँ । उनलाई मैले दुई प्रतिशतले उछिनेको रहेछु । बुबा आर्मीमा जागिरे भएकाले बालकृष्णले बीरेन्द सैनिक आवाशीय महाविद्यालयमा पढे । आईए पास गरेपछि सोभैm सेकेण्ड लेफ्टिनेन्ट भए । उनी अहिले कर्णेल भएका छन् । मेरो भने प्रावि शिक्षकमै कपाल फुल्यो । भाग्यले होइन, उनले अवसर पाए । मैले पाइनँ ।

घरमा आमा र भाइ मात्र थिए । २०४५ भदौ ५ गतेको भूकम्पले घर चिराचिरा पारेको थियो । भ्mयालबाट हामफाल्दा मेरो खुट्टामा चोट लागेको थियो । मैले भदौ ८ गते घर छाडिदिएँ । कुम्लोकुटुरो बोकेर खुट्टा खोच्याउँदै म काठमाडौँ हिँडेँ । घिउ र अमिलो कोसेली थियो । घर जीर्ण भएपनि मेरो मन फुरुङ्ग थियो । ‘प्रथमश्रेणीमा एसएलसी पास गरेको छु, दुःखै गरेर भएपनि दुईचार वर्ष पढ्छु ।’ मनमा विस्वासको सगरमाथा ठड्याउदै काठमाण्डु पुगेँ । सोभैm महाराजगञ्ज गएँ । कोसेली टत्र्mयाएँ । खुसी भए । तर म बसेको ‘नोकरकोटा’ को दरबन्दीमा दाङतिरको चौधरी भर्ना भैसकेछ । मैले ‘यहीं बस्छु’ भन्न सकिनँ । दुईचार दिन त्यहीं बसेँ । त्योे घरका मान्छे निकै पहुँचदार भएकाले कतै काम लगाइदिन्छन् कि, आस लागेको थियो । तर उल्टो जवाफ पाएँ, ‘बाजे, हामी तिमीलाई राख्न सक्तैनौँ । कतै काम खोजेर बस ।’ सुनेर म हतप्रभ भएँ । धनीले कहिल्यै गरिबको उन्नति भएको देख्न चाहँदैन । कुनै दिन नोकर गाडी लिएर भेट्न आयो भने ‘तँ’, ‘तिमी’, ‘तपाईं’ ‘हजुर’ के भन्ने ? ठूलै पदमा जागिर पायो भने कसरी ऊसामु मुख देखाउँने ? यस्तैयस्तै हीनताबोधले सम्भ्रान्तहरू ग्रसित भएका हुन्छन् ।

त्यहाँबाट निस्केपछि कता जाने, एकछिन सोच्नै सकिनँ । काठमाण्डुमा आप्mना भनेका ठूलीआमा र दुईजना मामा थिए । कान्छो मामा गैरीधारामा गौतम थरका धनाढ्यकोमा नोकर बसेका थिए । काइँलामामा कालिकास्थानस्थित नेपालकै सबैभन्दा पूरानो ‘आरोग्य भवन’ मा आयुर्वेदिक औषधि बनाउने काम गर्थे । ठूलीआमा भान्से बस्नुभएको थियो । ठूलीआमाकोमा सधैँ ‘भात खान’ जानु उचित थिएन । ‘मालिकहरू’ ले रिस गर्थे । एकदुई दिन कान्छो मामाकोमा लुकीलुकी भात खाएँ । ‘महामानव गौतम’ले थाह पाएछन् । मुखले केही नभनेपनि रिस गर्न थाले । म थोत्रो झोला बोकेर गन्तव्यहीन यात्रामा निस्किएँ । मन भतभत पोल्न थाल्यो । भ्रान्ति भएभैmँ भयो । म भ्रान्त पथिक सडकसडक, गल्लीगल्ली चाहार्दै कामको खोजीमा हिँडेँ ।

२०४५ साल भदौ २४ गते शुक्रबारको मेरो डायरी

‘मेरो वर्तमान कसरी दगुरिरहेको छ, कसैलाई मतलव छैन । काठमाण्डु आएको १५÷१६ दिन भइसक्यो । खानेबस्ने कुनै टुङ्गो छैन । सडकमा पागलभैmँ लखरलखर डुलिरहेछु । पहिले बसेको घरमा खानबस्न नदिने भएपछि काम खोज्दै गल्लीगल्ली हिँडिरहेको छु । भाँडा माझेर भएपनि पढूँला भन्ने छ । कुनै उपाय भेटेको छुइनँ । पाइला त्यसै अगाडि बढ्छन् । कहाँ जाने केही पत्तो छैन । भोकै बसेको दुईदिन भयो । अब त हिँड्न पनि नसक्ने भएको छु । आधा किलो चिउरा किनेको छु । त्यै मुक्क्याउनु पर्ला । साँझ काइँला मामाको डेरामा पुगेँ । कोठामा ताल्चा लागेको रहेछ । आज सडकमै बास होला जस्तो छ ।’ साँझमा मामा आए । त्यो रात त्यहीं बसेँ ।
ठूलीआमाले काम गर्ने घरबेटीको होटेल रहेछ–‘होटेल रेडहाउस’ । ज्ञानेश्वरबाट सिनामंगल–मैतिदेवीतिर झर्ने डाँडोमा । बिहानै त्यहाँ पुगेँ । काम गर्ने मान्छेको खाँचो रहेछ, काम पाइने भइयो भनेर मेरो मन उत्फुल्ल भयो । ठूलीआमाले अफिसमा लगेर मेरो बारेमा कुरा गर्नुभयो । होटेल मालिकले मासिक रु. ५ सय दिने भयो । मैले ‘आठसयसम्म पाए मेरो पढाइ अगाडि बढ्थ्यो हजुर’ भनेँ । उसले मलाई खाउँलाभँैm गरी हे¥यो र भन्यो, ‘तिम्रो पढाइको हामीलाई मतलव छैन । हामीलाई त १०–५ को काम चाहिँन्छ । पढ्ने मान्छे राख्दा पनि राख्दैनौँ ।’

मैले धनुषटंकारी अनुनय गरेँ, ‘हजुर, राम्रो डिभिजनमा एसएलसी पास गरेको छु । साइन्स पढ्न स्कोर पनि पुगेको छ । दिउँसो काम गरेर राती पढ्छु ।’ उसले भन्यो, ‘यस्ता पढन्ते मान्छेले काम गर्दैनन् । तिमी जाऊ ।’ मलाई पनि झोक चलेछ, भनिदिएँ, ‘म भीख माग्न आएको होइन । पाखुरी बजारेर काम गरी खाने मान्छे हुँ । जा नभने पनि गैहाल्छु नि ! कृपया मलाई जस्तो रूखो व्यवहार अरूलाई चाहिँ नगर्नु होला । इज्ज्वत सानु ठूलो सबैको हुन्छ ।’ त्यसले मलाई सलक्कै निलुँलाभैmँ हे¥यो । म त्यसको मुखमा नहेरी हिँडेँ ।

घरबाट लगेको पैसाले मैले सरस्वती, अमृत साइन्स र शंकरदेव क्याम्पसमा फर्म भरेको थिएँ । सरस्वतीमा नाम निस्केको थाह पाएँ । अन्तको थाह पाइनँ । बुभ्mन पनि गइनँ । मैले काठमाण्डुमा बसेर पढ्न सक्ने अवस्था नै थिएन, के बुभ्mनु ! माइलो काका छाउनी ब्यारेकमा हुनुहुन्थ्यो । त्यहीं गएँ ।

काकाले मेरा बुबाका समकालीनहरूलाई चिनाइ दिनुभयो । कतिपय त अफिसर भैसकेका रहेछन् । एकजना अफिसरले भने, ‘ए, धर्मनन्दको छोरा हो ? ठूलो भैसकेछ । विचरा ! केटाकेटीमै बाउ गुमाइहाल्यो ।’ काकाले मेरो पढाइको कुरा गर्नुभयो तर त्यो सम्भ्रान्त अफिसरले ध्यानै दिएन । भन्नकै लागि मात्र भन्यो, ‘दुईचार महिनापछि केही गर्न सकिन्छ कि ?’ मलार्ई काठमाण्डु र त्यहाँका मानिसको अनुहारै हेर्न मन लागेन । मैले काकालाई घरमै गएर प्राइभेट परीक्षा दिने कुरा गरेँ । भनेँ, ‘गाउँमा स्कुल खुलेको छ । त्यहीं जागिर खान्छु । किताब लैजान्छु । जाँच दिन मात्र आउँछु ।’

किताब किन्न हामी भोटाहिटी गयौँ । इतिहास, संस्कृति, राजनीतिशास्त्र मूल विषयमा आर्टस् पढ्ने भएँ । किताबको ८ सय रुपियाँ काकाले तिरिदिनुभयो । काका र म छुट्टियौँ । भोलिपल्ट बिहानै तामाकोसीको बसको टिकट काटेर मैले कृतघ्न काठमाण्डुलाई छाडिदिएँ । अरू गाउँमा एसएलसी पास गरी पढ्न र जागिर खान सहर पस्छन्, म भने पाँच वर्ष सहरमा पढेर गाउँतिर लागेँ । म उल्टो दिशातिर हिँडेको थिएँ कि ! सायद, त्यतिखेर मैले ठूलो भूल गरेको थिएँ । त्यही समयविन्दुबाट म अँध्यारो दिशातिर लागेको थिएँ । जसरी पनि मैले काठमाण्डुमा टिकेर पढ्नुपथ्र्यो ।

Logo