काठमाडौं

सरकारले नेपालको संविधान, संघीय संरचना र समृद्ध नेपालको परिकल्पना अनुकूल विद्यालय शिक्षाको नयाँ पाठ्यक्रम प्रारुप पारित गरेको छ । "/>

सरकारद्वारा विद्यालय शिक्षाको नयाँ प्रारुप सार्वजनिक

सरकारद्वारा विद्यालय शिक्षाको नयाँ प्रारुप सार्वजनिक


काठमाडौं

सरकारले नेपालको संविधान, संघीय संरचना र समृद्ध नेपालको परिकल्पना अनुकूल विद्यालय शिक्षाको नयाँ पाठ्यक्रम प्रारुप पारित गरेको छ । समाजवाद उन्मुख सामाजिक न्यायमा आधारित समृद्ध राष्ट्र निर्माणका लागि सक्षम नागरिक विकासको दुरदृष्टिसहित पाठ्य घन्टा (क्रेडिट आवर) को संरचना र व्यावसायिक शिक्षाको धारलाई प्राथमिकता दिइ सो प्रारुप पारित भएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा रहेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याकंन परिषद्को बैठकले सो नयाँ प्रारुप पारित गरेको हो । शिक्षा मन्त्रालयले वि.सं. २०६३ मा लागू गरेको सो प्रारुप यसअघि २०७१ मा परिवर्तन भएको थियो । हाल विद्यालय तह भन्नाले शिशु कक्षादेखि कक्षा १२ सम्म मानिन्छ । नयाँ प्रारुपका आधारमा क्रमिकरुपमा पाठ्यक्रम र पाठ्यपुस्तक तयार हुनेछ ।

शिक्षामन्त्री पोखरेलले नयाँ व्यवस्थाले कक्षा ११ र १२ लाई एकल पथीय बनाएको बताउँदै कक्षा ९ र १० मा पाँच अनिवार्य र दुई वटा पेशा व्यावसायिक ऐच्छिक विषय रहने जानकारी दिए । उनले कक्षा ११ र १२ मा नेपाली, अंग्रेजी, सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा गरी चार विषय अनिवार्य गरिने बताए ।

सो तहमा कूल ९६० वार्षिक कार्य घण्टा हुनेछ । प्रारुपले एक क्रेडिट आवरमा ३२ घण्टा मानेको छ । विज्ञहरुको परामर्शमा प्रारुप तयार गरिएको मन्त्रालयले जनाएको छ । “अबको समृद्ध नेपालका लागि गुण र सीपमा आधारित जीवनोपयोगी शिक्षा कार्यान्वयनमा जानुपर्छ ।” मन्त्री पोखरेलले भने, “मानव मूल्य, प्रकृति, विज्ञान, ब्रम्हाण्ड, योग ध्यान, संस्कृति, नैतिक शिक्षा, तनाव व्यवस्थापनका विषय पनि हाम्रा विद्यार्थीलाई पढाउनुपर्छ ।”
राजधानीबाट

Logo