नेपाली सेनाका जवानले गरे आफ्नै श्रीमतीको विभत्स हत्या

बर्दिया । नेपाली सेनाको एक जवानले आफ्नै श्रीमतीको विभत्स तरिकाले हत्या गरेका छन् । नेपाली सेनामा कार्यरत ३५ वर्षका मोहन बोहराले २५ वर्षीया श्रीमती शुष्मा कुँवरको दाउँराले हानेर हत्या गरेका हुन् । शुष्मा आफ्नै घरभित्र मृत भेटिएकी थिईन् ।

हत्या गरी भाग्दै गरेको अवस्थामा खैरापुरबाट बोहरालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका बोहरालाई सार्वजनिक गरेर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक सुरेन्द्र मैनालीले जानकारी दिए ।

गुलरिया नगरपालिका ५ निवासी २५ वर्षिया शुष्मा कुँवर बोहराको सोमबार बेलुकी हत्या भएको थियो । ‘झुलको डण्डा हानेको छ, कुर्सीले हानेको छ, दाउराले हानेको छ,’ मैनालीले भने, ‘आपसी मनमुटावले घटना भएको देखिएको छ ।’

प्रहरीका अनुसार श्रीमान श्रीमतीबीचको आपसी वैमनस्यताका कारण हत्या भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । मंगलबार राति करिब १२ः३० को समयमा घरमा २ छोराछोरीलाई थुनेर अर्को कोठामा हत्या गरेका हुन् ।

हत्याको आरोप लागेका मोहन बोहराका आमाबुवालाई समेत स्थानीयको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको छ । मोहन बोहराका बुवा टिकाराम बोहरा र आमा बिज्जु बोहरालाई समेत पक्राउ गरी अनुसन्धान शुरू गरेको मैनालीको भनाई छ । हत्या गरिएकी कुँवरका श्रीमान मोहन बुटलस्थित नेपाली सेनामा कार्यरत रहेका छन् ।

ताजा समाचार

नेपाली सेनाका जवानले गरे आफ्नै श्रीमतीको विभत्स हत्या