पाल्पा दुर्घटनाका मृतकप्रति सभापति देउवाको समबेदना

पाल्पा दुर्घटनाका मृतकप्रति सभापति देउवाको समबेदना


नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पाल्पाको तानसेनबाट रामपुरतर्फ गइरहेको यात्रीबाहक बस दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकूल परिवारजनमा समवेदना व्यक्त गरेका छन् । 

पार्टी सभापति देउवाले आज एक शोक सन्देश जारी गरी घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । आज बिहान पाल्पाको रम्भा गाउँपालिका–४ मा भएको उक्त दुर्घटनामा परी १२ जनाको मृत्यु हुनाका साथै १५ जना घाइते भएका थिए ।

Logo