क्यास्ट्रोल लुब्रिकेन्टले ल्यायो ‘क्यास्ट्रोल भेक्टन’

क्यास्ट्रोल लुब्रिकेन्टले ल्यायो ‘क्यास्ट्रोल भेक्टन’


क्यास्ट्रोल लुब्रिकेन्टको नेपालका लागि आधिकारिक विक्रेता नेपाल ओभरसिज ट्रेडिङ कन्सर्नले क्यास्ट्रोल भेक्टन नेपाली बजारमा ल्याएको छ ।

क्यास्ट्रोलका कन्ट्री म्यानेजर पन्चानन राउत र नेपाल ओभरसिज ट्रेडिङ कन्सर्नका म्यानेजिङ डाइरेक्टर ज्ञानप्रसाद कर्माचार्यका साथै नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष दीपक खड्का र महासचिव ठाकुर प्रसाद न्यौपाने, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका महासचिव सुनिल रिजाल, नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष प्रेम श्रेष्ठ र नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौंका उपाध्यक्ष महेश कुँवरले संयुक्त रुपमा क्यास्ट्रोल भेक्टन सार्वजनिक गरे ।

सो अवसरमा नेपाल ओभरसिज ट्रेडिङ कन्सर्नका म्यानेजिङ डाइरेक्टर ज्ञानप्रसाद कर्माचार्यले समय, प्रविधि र ग्राहकको आवश्यकता तथा माग अनुसार क्यास्ट्रोलले नयाँ उत्पादन नेपाली बजारमा ल्याएको बताए । क्यास्ट्रोलको नेपालका लागि कन्ट्री म्यानेजर पन्चानन राउतले दुबईमा उत्पादन गरिएको क्यास्ट्रोल भेक्टनका धेरै रेन्ज भएकाले आगामी दिनमा समेत अन्य उत्पादन उपलब्ध गराउने बताए । भल्भो, मर्सिडिज बेन्ज, टाटा लगायतका गाडीहरुले आधिकारिक लुब्रिकेन्टको रुपमा क्यास्ट्रोल भेक्टन प्रयोग गरिरहेको बताउदै उनले डिजेल इन्जिनका लागि सो लुब्रिकेन्ट उत्कृष्ट रहेको बताए ।

सो अवसरमा नेपाल ओभरसिज ट्रेडिङ कन्सर्नका मार्केटिङ म्यानेजर अमरज्योति रञ्जितले नेपाली उपभोक्ताहरुको चाहना बमोजिम क्यास्ट्रोलले नयाँ प्रविधिका लुब्रिकेन्ट ल्याइरहेको बताउदै क्यास्ट्रोल भेक्टनले क्यास्ट्रोल ब्रान्डलाई थप विश्वसनिय बनाउने बताए । क्यास्ट्रोल भेक्टन सीआई–४ प्लस÷ई७ प्रविधिको मल्टिग्रेड डिजेल इन्जिन आयल हो । यसमा अन्य कुनै पनि लुब्रिकेन्टमा नभएको युनिक ‘सिष्टम फाइभ टेक्नोलोजी’ प्रयोग गरिएको छ, जसका कारण सो लुब्रिकेन्टले पहिले प्रचलित लुब्रिकेन्ट भन्दा ३० प्रतिशत बढी पर्फमेन्स दिन्छ ।

क्यास्ट्रोल भेक्टन अमेरिकी, युरोपेली, जापनिज र भारतीय सबै रेन्जका सबै गाडीहरुका लागि उपयुक्त छ । त्यसैगरी यो युरो २ देखि युरो ५ सम्मका सबै इन्जिनमा प्रयोग गर्नका लागि स्वीकृत प्राप्त छ । युनिक सिष्टम फाइभ टेक्नोलोजी सहितको क्यास्ट्रोल भेक्टनले इन्जिनमा हुन सक्ने यी ५ वटै समस्याहरुको सामना गरी ३० प्रतिशत अधिकतम कार्यक्षमता बढाइदिने जनाएको छ ।

Logo