काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा एक पद एक जिम्मेवारी नीति अवलम्बन गर्दै दोहोरो जिम्मेवारी भंग गरिएको छ । "/>

नेकपामा दोहोरो जिम्मेवारी अन्त्य

नेकपामा दोहोरो जिम्मेवारी अन्त्य


काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा एक पद एक जिम्मेवारी नीति अवलम्बन गर्दै दोहोरो जिम्मेवारी भंग गरिएको छ । दोहोरो जिम्मेवारी भंग गरिएसँगै नेकपाका केन्द्रीय सदस्यहरू तल्ला कमिटीमा बस्न वञ्चित भएका छन् ।

नेकपामा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डद्वारा बिहीबार जारी गरिएको अन्तरपार्टी निर्देशन–१ मा स्थानीय पार्टी कमिटीहरूको एकता÷एकीकरणका लागि गठित कार्यदललाई कार्यादेश जारी गर्दै प्रदेश तथा जिल्ला कमिटीमा केन्द्रीय सदस्यहरूको नाम समावेश नगर्न र प्रदेश तथा जिल्ला संगठन कमिटीको सचिवालय गठन गर्नका लागि कमिटीको कुल सदस्य संख्याको बढीमा एक तिहाइ नामावलीसहितको प्रस्ताव तयार गर्न निर्देशन दिइएको छ ।

‘प्रदेश संगठन कमिटी गठन सम्बन्धी प्रस्तावमा केन्द्रीय कमिटीका सदस्य कमरेडहरूको नाम समावेश नगर्ने’ ओली र दाहालद्वारा हस्ताक्षरित अन्तरिम पार्टी निर्देशनमा भनिएको छ । नेकपाका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले कसैको पनि दोहोरो जिम्मेवारी नरहने बताए । ‘कसैको पनि दोहोरो जिम्मेवारी रहन्न, एक पद एक जिम्मेवारी रहनेगरी तल्ला कमिटीको एकता गर्ने कुरो भएको छ,’ उनले भने । प्रदेश र जिल्ला संगठन कमिटी गठन गर्नका लागि अध्यक्ष, सचिव र सदस्यहरूको नामावली सहितको प्रस्ताव तयार गर्न पनि कार्यादेश दिइएको छ ।
राजधानीबाट

Logo