#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व559035834790728758772366574
नेपाल6824566112

हुम्लामा अत्यधिक हिमपात, एक फिट हिउँ जम्यो

x'Dnfdf lxpFn] 9kSs} 9fs]sf] l;dsf]6 ahf/ . x'Dnfdf ut zlgjf/ b]lv k/]sf] lxdkftn] oxfFsf] hghLjg k|efljt agfPsf] 5 . t:jL/ M bfg] af]x/f, x'Dnf /f;;

जिल्लामा अत्यधिक हिमपात भएको छ । सदरमुकाम सिमकोटमा एक फिट हिउँ जमेको छ ।

हिमपातपछि यहाँको जनजीवन प्रभावित बनेको छ । विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । मङ्गलबार रातिदेखि हिउँ पर्न थालेको हो । हवाईसेवा अवरुद्ध भएको छ । हवाईसेवा अवरुद्ध हुँदा खाद्यान्न तथा दैनिक उपभोग्य सामानको अभाव भएको छ ।

हिमपातका कारण पशुचौपाया गोठभित्रै थन्किएका छन् । माथिल्लो हुम्लामा चार फिटसम्म हिउँ जमेकोे छ । हिमपातपछि तापक्रम घट्दै गएको छ ।

सबैभन्दा उत्तरी नाम्खा गाउँपालिकाको जनजीवन कष्टकर बनेको छ । “एक गाउँबाट अर्को गाउँ आवातजावत गर्न सकिएको छैन,” स्थानीयवासी पासाङ लामाले भने ।

सम्बन्धित समाचारहरु