गाईघाट

लिम्चुङबुङ गाउँपालिका–२ ताम्लिछामा हावाहुरी र वर्षासँगै आज साँझ परेको चट्याङबाट तीन जनाको मृत्यु भएको छ । "/>

चट्याङबाट उदयपुरमा तीन जनाको मृत्यु

चट्याङबाट उदयपुरमा तीन जनाको मृत्यु


गाईघाट

लिम्चुङबुङ गाउँपालिका–२ ताम्लिछामा हावाहुरी र वर्षासँगै आज साँझ परेको चट्याङबाट तीन जनाको मृत्यु भएको छ ।

ताम्लिछाका कृष्णबहादुर भुजेलका घरमा चट्याङ पर्दा उनकी आठ वर्षीया छोरी विष्णुमाया, ६३ वर्षीय धनप्रताप राई र खड्गबहादुर भुजेलका ११ वर्षीय छोरा कौशलको मृत्यु भएको प्रहरी प्रमुख नवराज भट्टले बताए । अन्य दुई पनि घाइते भएको प्रहरीले बताएको छ । अहिले साँझ नै घटनास्थलमा जिल्ला प्रहरी कार्यालयको जवान र एम्बुलेन्स सहितको टोली घटनास्थलतर्फ पठाइएको छ ।
रासस

Logo