काठमाडौँ

नव गठित नेपाल कम्युनिस्ट पार्टीले दल दर्ताका लागि आवश्यक पर्ने कागजात निर्वाचन आयोगलाई किस्ताबन्दीमा बुझाएको छ । "/>

नेकपा दर्ता प्रक्रिया : आयोगलाई किस्ताबन्दीमा कागजात

नेकपा दर्ता प्रक्रिया : आयोगलाई किस्ताबन्दीमा कागजात


काठमाडौँ

नव गठित नेपाल कम्युनिस्ट पार्टीले दल दर्ताका लागि आवश्यक पर्ने कागजात निर्वाचन आयोगलाई किस्ताबन्दीमा बुझाएको छ । निवेदन दर्ता गरेको १४ औं दिनमा केन्द्रीय सदस्यको हस्ताक्षर र नागरिकताको नक्कल आयोगमा बुझाएको नेकपाले अझै पार्टीको नियमावली, झन्डा र निर्वाचन चिह्न भने बुझाएको छैन ।

गत ३ जेठमा नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि सोही दिन नै दर्ताका लागि निवेदन दिइए पनि अन्य आवश्यक कागजात भने आयोगले किस्ताबन्दीमा प्राप्त गर्दै आएको छ । आयोगमा कानुनी पाटो हेर्ने उपन्यायाधिवक्ता घनश्याम ओझाले दल दर्ताका लागि आवश्यक केही कागजात र बाँकी केन्द्रीय सदस्यहरूको हस्ताक्षर आयोगले प्राप्त गरेको बताए ।

‘दल दर्ताका लागि आवश्यक केही कागजात सहित केन्द्रीय सदस्यहरूको हस्ताक्षर र सबै नेताहरूको नागरिकताको नक्कल आयोगले पाएको छ, अब के के बाँकी छन् चेकलिस्ट बनाएर छानबिन हुन्छ,’ उपन्यायाधिवक्ता ओझाले भने ।

आयोगले ४५ दिनको अवधि भित्र प्रक्रिया माथि छानबिन गरेर दल दर्ताबारे आधिकारिक निर्णय लिने उनले जानकारी दिए । दल दर्ता गर्दा भने निवेदनसँगै विधान तथा घोषणापत्रको एक÷एक प्रति र २४१ जना केन्द्रीय सदस्यको हस्ताक्षर बाहेकका अरू कागजात आयोगले पाएको थिएन ।
राजधानीबाट

Logo