काठमाडौँ

आममाफी पाएर मंगलबार डिल्लिबजार कारागारबाट मुक्त भएका पूर्वमाओवादी नेता बालकृष्ण ढुंगेल रिहाई विरुद्ध नेपाल विद्यार्थी संघले मंगलबार अर्धनग्न जुलुस निकालेको छ । "/>

ढुंगेल रिहाइविरुद्ध नेविसंघको अर्धनग्न जुलुस

ढुंगेल रिहाइविरुद्ध नेविसंघको अर्धनग्न जुलुस


काठमाडौँ

आममाफी पाएर मंगलबार डिल्लिबजार कारागारबाट मुक्त भएका पूर्वमाओवादी नेता बालकृष्ण ढुंगेल रिहाई विरुद्ध नेपाल विद्यार्थी संघले मंगलबार अर्धनग्न जुलुस निकालेको छ ।सरकारको सिफारिसमा आममाफी मार्फत उज्जनकुमार श्रेष्ठ हत्याको सजायँ भोगिरहेका ढुंगेललाई मंगलबारै जेलमुक्त गरिए पछि विरोधमा विद्यार्थी संघले अर्धनग्न जुलुस निकालेको हो ।

जुलुसको नेतृत्व सभापति नैनसिंह महरले गरेका थिए । सोमबार रातीको मन्त्रिपरिषद्को बैठकले ८ सय १६ जना कैदीको सिफारिस गरी राष्ट्रपति कार्यालयमा बुझाएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिस स्वीकृत गरेपछि मंगलबार बिहानै ढुंगेलको रिहाई भएको थियो ।
रासस

Skip This
Logo