काठमाडौँ

सरकारले सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी लक्ष्य राखेको छ । "/>

पर्यटन र हवाईक्षेत्रमा सरकारका आगामी कार्यक्रम यस्ता…!

पर्यटन र हवाईक्षेत्रमा सरकारका आगामी कार्यक्रम यस्ता…!


काठमाडौँ

सरकारले सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी लक्ष्य राखेको छ । पर्यटन क्षेत्रको प्रवद्र्धन गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्ने लक्ष्यका साथ सरकारले आगामी आर्थिक वर्षको बजेटमा सो विषय समेटिएको हो । यसअघि सरकारले सो अवधिमा १५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले आफ्नो पदबहालीका क्रममा सो घोषणा गरेका थिए । तर बजेटमा भने २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।

सरकारले सो अभियानलाई पुरा गर्न नेपाल भ्रमण वर्ष २०२० मनाउने लक्ष्य राखेको हो । यसअघि सरकारले सन् १९९८ लाई समेत नेपाल भ्रमण वर्षका रुपमा मनाएको थियो । विभिन्न प्रवद्र्धनात्मक अभियानका कारण सन् २०१७ मा १० लाखको हाराहारीमा विदेशी पर्यटक नेपाल भित्रिएका थिए ।

‘सरकारले भौतिक पूर्वाधारको विकासमा जोड दिँदै पर्यटकीय पूर्वाधारमा लगानी बढाउने लक्ष्य राखेको सरकारले नेपाल नै पहिले’ भन्ने नारालाई समेत बजेटमा स्थान दिएको छ । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य राखेको सरकारले पहिले नेपाल अनि मात्र विदेश भन्ने अभियान समेत सञ्चालन गर्न लागेको हो । पर्यटनबाट आयआर्जन र रोजगारी बढाउन मनोरञ्जन प्राकृतिक, पूरातात्विक ऐतिहासिक र धार्मिक तथा साहसिक पर्यटनको पूर्वाधार निर्माण, बजार प्रवद्र्धन तथा सेवा सुविधाको विस्तार गर्ने लक्ष्य राखेको छ ।

विशेषगरी भारत र चीनका पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकारले ती देशमा प्रवद्र्धनात्मका कार्यक्रम समेत सञ्चालन गर्ने बजेटमा लक्ष्य राखिएको छ । चीन र भारतका करीब अढाइ खर्ब जनसंख्या मध्ये १० प्रतिशतले मात्रै नेपाल भ्रमण गरे त्यसबाट अर्थतन्त्रमा सकारात्मक प्रभावपर्ने लक्ष्यका साथ छिमेकी देशलाई पहिलो प्राथमिकतामा राखेको हो ।

सीमित समयको पर्यटनलाई बाह्रै महिना सञ्चालन हुने गरी आवश्यक व्यवस्था गरिएको छ । भारत र चीन लक्षित पर्यटन प्रवद्र्धनको कामलाई तीव्रता दिने लक्ष्य राखिएको छ । हिमाल आरोहणलाई थप सुरक्षित र व्यवस्थित बनाउने लक्ष्य बजेटमा राखिएको छ । सरकारले पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागि पाँच अर्ब २० करोड ३४ लाख विनियोजन गरिएको छ ।

सरकारले हवाई क्षेत्रको विकासका लागि १९ अर्ब ३५ करोड बजेट विनियोजन गरेको छ । यसमा निजगढ विमानस्थलको निर्माण प्रक्रिया शुरु गर्नेदेखि निर्माणाधीन गौतमबुद्ध विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थललाई शीघ्र सम्पन्न गरी अगाडि बढाउने लक्ष्य राखिएको छ । यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार तथा आन्तरिक विमानस्थलको स्तारोन्नति गर्ने लक्ष्य राखिएको छ । सबै स्थानीयतहमा हेलिप्याड निर्माण गर्ने लक्ष्य समेत बजेटले राखेको छ ।

मुलुकको हवाई उड्डयन क्षेत्रलाई सुरक्षित, नियमित, विश्वसनीय र गुणस्तरीय बनाउन उच्चतम् प्रविधिको प्रयोग र प्राविधिक जनशक्तिको विकास गरिनेछ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढाउन र गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न गरी सञ्चालन गरिने भएको छ । विराटनगर, जनकपुर, नेपालगञ्ज र धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा स्तरोन्नति गरी छिमेकी मुलुकसम्म उडान शुरु गर्ने बजेटमा उल्लेख छ । आन्तरिक विमानस्थल निर्माणलाई तीव्रता दिइनेछ । दाङमा वैकल्पिक विमानस्थल निर्माण शुरु गर्ने सरकारको लक्ष्य छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई चापलाई व्यस्थित गर्न काभ्रेमा वैकल्पिक आन्तरिक विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गरी निर्माण कार्य अघि बढाइने भएको छ । आन्तरिक विमानस्थल विस्तार सम्बन्धमा गुरुयोजना तयार पारिनेछ । विपद प्रभावित पर्यटक तथा अन्य व्यक्तिलाई आपत्कालीन उद्धार गर्न हेलिप्याड नपुगेका सबै स्थानीय तहमा स्थानीय तहले उपलब्ध गराउने जग्गामा हेलिप्याड निर्माण गर्ने लक्ष्य राखिएको छ ।
रासस

Skip This
Logo