काठमाडौँ

सरकारले असार मसान्त सम्ममा स्थानीयतहमा दरबन्दी अनुसारको सबै कर्मचारी खटाउने भएको छ । "/>

असारसम्म स्थानीयतहमा सबै कर्मचारी खटिसक्ने

असारसम्म स्थानीयतहमा सबै कर्मचारी खटिसक्ने


काठमाडौँ

सरकारले असार मसान्त सम्ममा स्थानीयतहमा दरबन्दी अनुसारको सबै कर्मचारी खटाउने भएको छ । अहिले करिब ४० हजार मात्र कर्मचारी रहेको स्थानीयतहमा असार सम्ममा बाँकी १७ हजार कर्मचारी खटाइसक्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए ।

मन्त्रालयले स्थानीय तहको संगठन तथा व्यवस्थापन सर्भेक्षण गरी सोको आधारमा मन्त्रिपरिषद्को बैठकले करिव ५७ हजार कर्मचारीको दरबन्दी स्वीकृत गरेको हो । यसअघि खटाइएका कर्मचारी पनि स्थानीयतहमा नगएकाले तिनलाई पनि खटाइने उनले बताए ।

स्थानीयतहमा कर्मचारी अपुग भएकाले सेवाग्राहीको काम प्रभावित भएको छ । स्थानीयतहमा आवश्यक कर्मचारीका लागि विभिन्न मन्त्रालयबाट सामान्य प्रशासन मन्त्रालयमा पठाउनका लागि निर्देशन दिइसकेको छ । अधिकारीका अनुसार ती मन्त्रालयबाट करिब आठ हजार कर्मचारी स्थानीयतहका लागि खटाउनका लागि माग गरिएको छ ।

“हामीले माग गरे अनुसारको कर्मचारी विभिन्न मन्त्रालयबाट आउने क्रम जारी छ”–उनले भने, “आएका कर्मचारीलाई हामीले क्रमश पठाउँदै पनि छौँ ।” संघीयता कार्यन्वयनसँगै करिब एक लाख १७ हजार कर्मचारी मध्ये अहिले एक लाख ६ हजार कर्मचारी केन्द्रमा, ३० हजार प्रदेशमा तथा स्थानीय तहमा ५७ हजार कर्मचारी रहेका छन् ।
रासस

Skip This
Logo