बिहीबारदेखि पोखराबाट पनि श्रम स्वीकृति लिन सकिने

काठमाडौं । बिहीबारदेखि पोखराबाट पनि श्रम स्वीकृति लिन सकिने भएको छ । गण्डकी प्रदेश अन्तर्गत पोखराको शहीद चोकमा श्रम तथा रोजगार कार्यालयबाट बिहीबारदेखि पुनः श्रम स्वीकृति लिन सकिने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

सेवाको सुभारम्भ गर्न श्रम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र मन्त्रालयका सचिव महेशप्रसाद दहाल समेत पोखरा जाने मन्त्रालयले जनाएको छ । यसअघि जनकपुर र बुटवलबाट पुनः श्रम स्वीकृति दिन थालिएको छ ।