काठमाडौं

सुन तस्करीमा हुन्डी कारोबारीहरूको सक्रिय सहभागिता रहेको पाइएको छ । यस्तो कारोबारमा नेपाल, दुबई र भारतका ठूला व्यापारी, गुन्डा नाइके एवं पेसेबर डाँकाको समेत मुख्य भूमिका रहने गरेको सुन तस्करी र सनम शाक्य हत्या प्रकरण छानबिन समितिले खुलासा गरेको छ । "/>

सुन तस्करीमा हुन्डी कारोबारीहरुको पनि संलग्नता

सुन तस्करीमा हुन्डी कारोबारीहरुको पनि संलग्नता


काठमाडौं

सुन तस्करीमा हुन्डी कारोबारीहरूको सक्रिय सहभागिता रहेको पाइएको छ । यस्तो कारोबारमा नेपाल, दुबई र भारतका ठूला व्यापारी, गुन्डा नाइके एवं पेसेबर डाँकाको समेत मुख्य भूमिका रहने गरेको सुन तस्करी र सनम शाक्य हत्या प्रकरण छानबिन समितिले खुलासा गरेको छ ।

सुन तस्करीका विभिन्न जालो मध्ये हुन्डी कारोबार गर्ने व्यापारीको जालो डरलाग्दो रहेको अनुसन्धानमा खुलेको समितिका संयोजक एवं गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलले बताए । ‘सुन तस्करीका क्रममा हुन्डीबाट ठूलो रकम जम्मा गरी तस्करबीच हिसाब मिलान गर्ने गरेको समेत पाइयो’, उनले भने ।

सुन तस्करीसँगै हुन्डी कारोबारमा मोहनकुमार अग्रवाल, भुजुङ गुरुङ, डेबिट भनिने छिरिङ दोर्जे शेर्पा र सुन काण्डका मुख्य अभियुक्त भनिएका गोरे भनिने चुडामणि उप्रेतीबीच लामो समय देखि साँठगाँठ रहँदै आएको छ । सुन तस्करीमा मुछिएका यी व्यक्तिको साँठगाँठ कुनै न कुनै रूपमा उच्च तहका राजनीतिक नेतृत्वसँग समेत जोडिएको हुन सक्ने पौडेलको दाबी छ । ‘गोरेले बयानमा केही नेता, भारतीय हुन्डी एवं सुन व्यापारी र कुख्यात अपराधीको समेत नाम खुलाएका छन्’, उनले भने, ‘उनको बयानका आधारमा हामीले पुष्टि हुने लिंक खोजिरहेका छौं ।’
अन्नपूर्णबाट

Logo