खेलकुदप्रदेशप्रदेश ७समाचार

दोस्रो भीमदत्त नगर स्तरीय माध्यमिक विद्यालय खेलकूद प्रतियोगिता सुरु

महेन्द्रनगर । दोस्रो भीमदत्त नगर स्तरीय माध्यमिक विद्यालय तथा राष्ट्रपति कप छनौट खेलकूद प्रतियोगिता सुरु भएको छ । सुदूरपश्चिम सरकारका उद्योग, वन, वातावरण तथा पर्यटन राज्यमन्त्री प्रकाश रावलले बुधबार खुलामञ्चमा प्रतियोगिता उद्घाटन गरेका छन् ।

प्रतियोगितामा भीमदत्त नगरपालिकाका ४३ सामुदायिक र संस्थागत विद्यालयका एक हजार ६ सय ४१ विद्यार्थीले भाग लिएका छन् । त्यसमध्ये ९ सय ११ छात्र र ७ सय ३० छात्रा सहभागी छन् ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको सभापतित्वमा गरिएको उद्घाटन कार्यक्रममा राज्यमन्त्री रावल सहित सुदूरपश्चिम प्रदेश सभा सदस्य लाल बहादुर खड्का, नेकपाका नेता नर बहादुर विश्वकर्मा, नेपाली कांग्रेसका नेता पदमराज अवस्थी, राष्ट्रिय जनमोर्चाका महेश जोशी, प्रहरी उपरीक्षक कुबेर कडायत, जिल्ला खेलकूद विकास समितिका अध्यक्ष शेर बहादुर चन्द लगायत जनप्रतिनिधि, खेलाडी, प्रशक्षिक, विद्यार्थी सहभागी भएका छन् ।

एक सातासम्म सञ्चालन हुने प्रतियोगिताका सबै खेलहरु कबर्ड हलमा सञ्चालन गरिने छन् । प्रतियोगिताबाट राष्ट्रपति कप छनौट प्रतियोगिताका लागि खेलाडी छनौट गरिने भीनपा सामािजक विकास समितिका सभापति हरक सिह धामीले जानकारी दिए ।

भीनपा सामाजिक विकास समितिका सभापति हरक सिह धामीले जैविक धार्मिक पर्यटन मार्ग म्याराथन मार्चको खर्चसहितको प्रतिवेदन सार्वजनिक गरे ।

कार्यक्रममा भारतको राजधानी दिल्लीमा सम्पन्न इण्डिया अपन अफ इन्टरनेशनल तेक्वान्दोमा स्वर्ण पदक जितेका भीमदत्त नगरपालिका वडा नं. १५ का तेक्वान्दो खेलाडी धिरेन्द्र सिह कठायतलाई सम्मान गरिएको छ । कडायतका प्रशिक्षक राजेन्द्र कुमार भण्डारीलाई टिका लगाएर सम्मान गरिएको छ ।

यसैगरी भलिबलका राष्ट्रिय प्रशिक्षक जगदीश भट्टलाई पनि सम्मान गरिएको छ । उद्घाटन कार्यक्रममा सहभागी खेलाडीहरुले मार्च पास गरेका थिए ।

प्रतियोगितामा कबड्डी, भलिबल, एथ्लेटिक्स, हाइजम्प, लङ्गजम्प, त्रिपलजम्प, सटपुट, कराँते, तेक्वान्दो, उसु लगायतका खेलहरुमा प्रतिस्पर्धा हुनेछ । गत वर्ष ३९ विद्यालयले प्रतियोगितामा भाग लिएका थिए ।

Comment here

SKIP THIS

SKIP THIS

SKIP THIS

SKIP THIS