काठमाडौँ

रोजगारीका लागि विदेश जाने नेपाली युवाको संख्या बढिरहेका बेला रोजगारीका लागि नेपालमा आउने विदेशी कामदारको संख्या पनि बढ्दो क्रममा छ । "/>

नेपालमा सबैभन्दा बढी चिनियाँ कामदार

नेपालमा सबैभन्दा बढी चिनियाँ कामदार


काठमाडौँ

रोजगारीका लागि विदेश जाने नेपाली युवाको संख्या बढिरहेका बेला रोजगारीका लागि नेपालमा आउने विदेशी कामदारको संख्या पनि बढ्दो क्रममा छ । नेपालमा अनौपचारिक, औपचारिक एवं स्वरोजगारको क्षेत्रमा रोजगारीका लागि श्रम स्वीकृति लिन आवेदन दिने गैरनेपाली नागरिकको संख्या अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा बढेको पाइएको छ । यो संख्या विगत ४ वर्षमा दोब्बरले बढेको छ ।

आर्थिक वर्ष २०६९/७० मा ९ सय १० जनाले श्रम स्वीकृति लिएकोमा गत वर्ष सम्म १ हजार ९ सय ७२ पुगेको छ । गत आर्थिक वर्षमा नेपालका उत्पादन, सेवा र निर्माण क्षेत्रमा काम गर्ने उद्देश्यले नेपाल आई श्रम स्वीकृति लिने विदेशीको संख्या २ हजार रहेको श्रम विभागले जनाएको छ । तर यो संख्या श्रम स्वीकृति लिनेको मात्र भएको श्रम विभाग गैरनेपाली व्यवस्थापन शाखाका प्रमुख नवीन पोखरेलले बताए ।

“कुटनीतिक क्षेत्र बाहिर नेपालमा ५ महिना भन्दा बढी बस्ने विदेशीले अनिवार्य रूपमा श्रम स्वीकृति लिएर मात्र काम गर्न पाउने नियम छ,” प्रमुख पोखरेलले भने, “श्रम स्वीकृति नलिइ काम गर्ने गैरनेपाली नागरिक अझ धेरै हुन सक्ने भएकाले अनुगमनको काम छिट्टै गर्ने योजना रहेको छ ।”
कारोबारबाट

Logo