रौतहट

एकजना नेपाली व्यवसायीलाई नेपालबाट अपहरणशैलीमा भारतीय प्रहरीले गाडीमा कोचेर लैजान लागेको अवस्थामा गौर भन्सारबाट नेपाल प्रहरीले चार भारतीयलाई नियन्त्रणमा लिएको छ । "/>

नेपालीलाई अपहरण शैलीमा लैजान खोज्ने तीन भारतीय सुरक्षाकर्मी पक्राउ

नेपालीलाई अपहरण शैलीमा लैजान खोज्ने तीन भारतीय सुरक्षाकर्मी पक्राउ


रौतहट

एकजना नेपाली व्यवसायीलाई नेपालबाट अपहरणशैलीमा भारतीय प्रहरीले गाडीमा कोचेर लैजान लागेको अवस्थामा गौर भन्सारबाट नेपाल प्रहरीले चार भारतीयलाई नियन्त्रणमा लिएको छ ।

भारतीय प्रहरीको गाडी अनुमति नै नलिई नेपाल पसेर एकजना नेपाली व्यवसायीलाई अपहरण शैलीमा लैजान लागेको बेला गौर भन्सारको सुरक्षा चेकजाँच प्वाइन्टमा चेकजाँच गर्ने क्रममा नेपाली व्यवसायी भेटिएपछि सोधपुछ गरिएको थियो । सो क्रममा भारतीय सुरक्षाकर्मीले पूर्व जानकारी नै नदिई भारततिर लैजान लागेको बताएपछि तीन भारतीय सुरक्षाकर्मी र एकजना भारतीय नागरिकलाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपाल प्रहरीको नियन्त्रणमा रहेको भारतीय प्रहरीमा एकजना दरोगा सुजीत कुमार र दुई जना प्रहरी जवान मिथलेश मिश्र तथा अछेवर खान रहेको रौतहट प्रहरीले जनाएको छ ।
घटनाको विषयमा प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले भारतीय प्रहरीले अनुमति नलिइकन गाडी सहित नेपाल पसेको स्वीकार्दै नियन्त्रणमा रहेको भारतीय प्रहरीको विषयमा भारतको बिहारका उच्च प्रहरी पदाधिकारी सित सम्पर्क गर्ने काम भइरहेको बताएका छन् ।

रौतहटको सदरमुकाम गौरको छिमेकी भारतीय बजार बैरगनिया थानाका प्रहरीकै नेतृत्वमा तीन सदस्यीय प्रहरी टोली र एकजना भारतीय नागरिकले नेपाली व्यावसायीलाई छापामार शैलीमा भारततिर लैजान लागेको विषयको कारणबारे पनि अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी गराएका छन् ।
नागरिकबाट

Logo