वीरगन्ज

राष्ट्रिय महिला आयोगकी पूर्व अध्यक्ष एवम सांसद शेख चाँद ताराका पति शेष मन्सुर बाबु जबर्जस्ती करणी अभियोगमा पक्राउ परेका छन् । "/>

बुहारी बलात्कारको आरोपमा सांसदका पति पक्राउ !

बुहारी बलात्कारको आरोपमा सांसदका पति पक्राउ !


वीरगन्ज

राष्ट्रिय महिला आयोगकी पूर्व अध्यक्ष एवम सांसद शेख चाँद ताराका पति शेष मन्सुर बाबु जबर्जस्ती करणी अभियोगमा पक्राउ परेका छन् ।

वीरगन्जका कानुन व्यवसायी समेत रहेका शेष मन्सुरलाई प्रहरीले नातामा बुहारी पर्ने माथि जबरजस्ती करणी गर्न खोजेको आरोपमा पक्राउ गरेको हो । उनी बिरुद्ध ०७४ पुस २८ गते जिल्ला प्रहरी कार्यालय, पर्सामा मुद्दा दर्ता भएपछि फरार रहेको पर्सा प्रहरीले दाबी गर्दै आएको थियो । तर उनी आफ्नो राधेमाइ स्थित ल फर्ममा निर्धक्कसँग काम गर्दै आएको पीडित पक्षको आरोप थियो ।

हालका पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जिल्ला प्रहरी कार्यालय, पर्सामा दर्ता भएको जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्त मन्सुरबाबुलाई बिहीबार पक्राउ गरेको बताए । उनलाई शुक्रबार जिल्ला अदालतमा पेश गरिएको छ । झड्केलो छोराकै बुहारीलाई उनले मंसिर १८ गते जबर्जस्ती करणी गर्न खोजेको आरोप छ । बुहारीले घटना भएको झण्डै २० दिनपछि जिल्ला प्रहरी कार्यालय, पर्सामा मुद्दा दर्ता गरेकी थिइन् । त्यसदिन देखि नै मन्सुरबाबुलाई प्रहरीले खोजी गरिरहेको थियो । पक्राउ परेका मन्सुरबाबुलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, पर्साको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
नेपाल समाचारपत्रबाट

Logo