वीरगन्ज

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपाबाट फुटेर गएका पार्टीहरुसँग एकता गर्न तयार रहेको बताएका छन् । "/>

पार्टी एकिकरण गरौं, बरु म अध्यक्ष पद त्याग्न तयार छु : कमल थापा

पार्टी एकिकरण गरौं, बरु म अध्यक्ष पद त्याग्न तयार छु : कमल थापा


वीरगन्ज

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपाबाट फुटेर गएका पार्टीहरुसँग एकता गर्न तयार रहेको बताएका छन् । वीरगन्जमा सोमबार देखि सुरु भएको राप्रपा केन्द्रीय परिषद्को बैठकको उद्घाटन गर्दै अध्यक्ष थापाले पशुपतिशम्शेर जबरा र डाक्टर प्रकाशचन्द्र लोहनीसँग एकताका लागि आफू तयार रहेको बताए ।

‘तीनै तहको चुनावको मुखमा पार्टी फुटेकाले नराम्रो हार व्यहोर्नु परेको छ’, उनले भने, ‘फुटको कारण कसैलाई पनि भलो भएन, त्यसैले अब पार्टी एकता गर्नु पर्छ , त्यसका लागि म तयार छु, यदि आवश्यक परे पार्टी अध्यक्षको पद त्याग्न तयार छु । मुलुकबाट संवैधानिक राजतन्त्र हटेपछि कम्युनिष्ट शासन हावी हुँदै गएकोले सम्पूर्ण लोकतन्त्र र प्रजातन्त्रवादी शक्तिहरु एक भएर अगाडि बढ्नु पर्ने आवश्यकता रहेको उनले औँल्याए ।

परिषद्को भेलाले पार्टीलाई ठूलो बनाउने योजना अनुसार अगाडि बढ्ने जानकारी पनि उनले गराए । एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाललाई बधाई दिँदै अध्यक्ष थापाले भने, ‘कम्युनिष्ट पार्टी एकताले म खुशी छु , तर धर्मनिरपेक्ष, भ्रष्टाचार, संविधानको आडमा सत्ता कब्जा गर्ने रणनीति नअपनाउन म नवगठित नेपाल कम्युनिष्ट पार्टीलार्इ आग्रह पनि गर्छु ।’
अन्नपूर्णबाट

Skip This
Logo