ज्ञानमणि नेपाल कालोटोपी
मण्डनदेउपुर, काभ्रे

उमेरले भर्खर २० वर्ष मात्र भयो तर यो लाउँ लाउँ र खाउँ खाउँको कलिलो उमेरमै व्लड क्यान्सरले पीडित हुनु परेपछि र उपचारका लागि खर्च अभाव भएपछि कसलाई चिन्ता नपर्ला र ? यस्तै भएको छ काभ्रेको मण्डनदेउपुर नपा ९ की रुपा तिवारीलाई । "/>

व्लड क्यान्सरसँग लड्दै गरेकी मण्डनदेउपुरकी रुपा तिवारी : सहयोगको लागि सबै सँग अनुरोध

व्लड क्यान्सरसँग लड्दै गरेकी मण्डनदेउपुरकी रुपा तिवारी : सहयोगको लागि सबै सँग अनुरोध


ज्ञानमणि नेपाल कालोटोपी
मण्डनदेउपुर, काभ्रे

उमेरले भर्खर २० वर्ष मात्र भयो तर यो लाउँ लाउँ र खाउँ खाउँको कलिलो उमेरमै व्लड क्यान्सरले पीडित हुनु परेपछि र उपचारका लागि खर्च अभाव भएपछि कसलाई चिन्ता नपर्ला र ? यस्तै भएको छ काभ्रेको मण्डनदेउपुर नपा ९ की रुपा तिवारीलाई ।

साविकको महादेवस्थान गाविस ४ मैदान निवासी उनी अहिले व्लड क्यान्सर (रगत क्यान्सर) ले पीडित छिन् । यहि रोगको उपचारका लागि लामो समय देखि उनी राजधानीको महाराजगंज स्थित शिक्षण अस्पताल (इन्टरनल मेडिसिन विभाग) मा धाइरहेकी छिन् । उपचारका लागि धाउँदा धाउँदै परिवारको आर्थिक अवस्था दयनिय भइसकेको छ । खर्च धेरै लाग्ने अस्पतालले जनाए पछि जुटाउन नसक्दा उनको उपचारमै समस्या परेको छ । उनको परिवार अहिले दयालु दाताहरुसँग आर्थिक सहयोगका लागि अनुरोध गरिरहेका छन् ।

उनलाई उपचारका लागि सहयोग गर्न सम्बन्धित वडा कार्यालयले सिफारिस बनाईदिएको विरामीका बाबु अर्जुन प्रसाद तिवारीले बताए । सहयोगका लागि कुन्तावेसिका केहि स्थानियवासीहरुले रकम संकलन अभियान शुरु गरेका छन् । ‘थोरै थोरै जम्मा भए पनि उनको उपचारका लागि सहयोग हुने भएकाले हामीले अभियान थाल्यौं ‘ , वडा नं. १० का वडाध्यक्ष विष्णुमणि नेपाल भन्छन् , – ‘उपचारका लागि अस्पतालले ठूलै खर्च चाहिने भनेको छ । खर्च जुटाउन सक्ने हो भने उपचार हुन पनि सक्छ । त्यसैले जति सकेको सहयोगका लागि म सबैसँग अनुरोध गर्दछु ।’

उनको सहयोगका लागि जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेमा पनि अनुरोध गरिएको वडा नं. ९ का वडाध्यक्ष जित बहादुर तामाङले जानकारी दिए । सबैको सहयोगले विरामीको उपचार सम्भव हुने देखिएकाले मानविय सहयोगका लागि सबैसँग उनको अनुरोध छ । 

विरामी रुपाका दाई दिपक तिवारीले दिनुभएको जानकारी अनुसार रुपाको उपचारका लागि अहिले २० लाख जति लाग्ने अस्पतालले जनाएको छ । नेपालमै उपचार हुन सक्ने वा नसक्ने बारेमा डाक्टरहरुले केहि दिनमै बताउने छन् । रुपालाई अहिले पनि अस्पतालमै राखिएको छ । सहयोग गर्न चाहनु हुने दाताहरुले उहाँको मोबाइल नं ९८४९०९९३६२ मा सम्पर्क गर्न सकिने छ । र माछापुछ्रे बैंक न्युरोड शाखामा रहेको देवेन्द्र तिवारीको खाता नं. २१४९५२४६१९१६६०१३ मा रकम जम्मा गर्न सकिने छ ।

Logo