काठमाडौँ

सरकारले विद्युतीय ऊर्जा बढी भन्दा बढी उत्पादन र खपतको नीति ल्याएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार संघीय संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा विद्युत उत्पादन र प्रयोगमा जोड दिइएको छ । "/>

सरकारको नीति तथा कार्यक्रमः एलपी ग्याँसको विकल्पमा बिजुली

सरकारको नीति तथा कार्यक्रमः एलपी ग्याँसको विकल्पमा बिजुली


काठमाडौँ

सरकारले विद्युतीय ऊर्जा बढी भन्दा बढी उत्पादन र खपतको नीति ल्याएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार संघीय संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा विद्युत उत्पादन र प्रयोगमा जोड दिइएको छ । सरकारले जलविद्युत ऊर्जा उत्पादनलाई तीब्र बनाउने जनाउँदै आगामी ५ वर्ष भित्रमै ५ हजार मेगावाट थप बिजुली उत्पादन गर्ने नीति लिएको हो ।

सरकारले १० वर्ष भित्र प्रतिव्यक्ति विद्युत खपत ११० बाट १५०० किलोवाट प्रतिघण्टा पु¥याउने कुरा नीति तथा कार्यक्रममा उल्लेख छ । सरकारको यो रणनीति कार्यान्वयन भएका हाल भइरहेको अर्बौँ रुपैयाँको एलपीजी ग्याँस विस्थापनको अवस्था आउनेछ ।

सरकारले सार्वजनिक र निजीक्षेत्रको लगानीबाट साना, मझौला र ठुला जलविद्युतबाट ५ वर्षमा ५ हजार मेगावाट बिजुली निकाल्ने योजना ल्याएको छ । त्यसैगरी १० वर्ष १५ हजार मेगावाट बिजुली उत्पादन गरेर आत्मनिर्भर मात्रै नभई विक्रीको अवस्थामा पु¥याउने पनि जनाएको छ ।
अन्नपूर्णबाट

Logo