काठमाडौँ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पदधारी १३ हजार ३ सय ९० जना कर्मचारीलाई प्रतिव्यक्ति ५ हजार रुपियाँ जरिवाना गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको छ । "/>

सम्पत्ति विवरण नबुझाउने १३ हजार कर्मचारी माथि कारबाही हुने

सम्पत्ति विवरण नबुझाउने १३ हजार कर्मचारी माथि कारबाही हुने


काठमाडौँ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पदधारी १३ हजार ३ सय ९० जना कर्मचारीलाई प्रतिव्यक्ति ५ हजार रुपियाँ जरिवाना गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको छ ।

राष्ट्रिय सतर्कता केन्द्रबाट आयोगमा प्राप्त आर्थिक वर्ष २०७३/७४ को सम्पत्ति विवरण नबुझाउने कर्मचारीको विवरण समावेश भएको सम्पत्ति विवरण अनुगमन प्रतिवेदन (२०७३/७४) उपर आयोगको बैठकमा छलफल गरी कारबाही गर्न लेखी पठाउने निर्णय भएको आयोगका प्रवक्ता रामेश्वर दंगालले बताए ।

सोमबार भएको छलफलको निर्णयपछि सम्पत्ति विवरण नबुझाएका पदाधिकारी तथा कर्मचारीलाई आयोगको ऐन, २०४८ को दफा ३१ (क) को उपदफा (२) बमोजिम पाँच हजार जरिवाना गरी सम्पत्ति विवरण पेस गर्न/गराउन निर्देशन दिइएको छ । आयोगले सम्बन्धित निकायबाट विवरण प्राप्त नभएको सम्बन्धमा समेत एकिन गरी उपर्युक्त बमोजिम कारबाही हुन र सोको एकमुष्ठ जानकारी आयोगमा पठाउन सम्बन्धित मन्त्रालय, सचिवालय, आयोग र केन्द्रीय निकायहरूमा लेखी पठाउने निर्णय गरेको छ ।
नेपाल समाचारपत्रबाट

Skip This
Logo