काठमाडौँ

रोजेर स्थानीयतहमा जान सरकारले गरेको आह्वानमा करिब आठ हजार कर्मचारीले मात्र निवेदन दिएका छन् । "/>

स्थानीय तहमा जान आठ हजार कर्मचारी तयार

स्थानीय तहमा जान आठ हजार कर्मचारी तयार


काठमाडौँ

रोजेर स्थानीयतहमा जान सरकारले गरेको आह्वानमा करिब आठ हजार कर्मचारीले मात्र निवेदन दिएका छन् । स्थानीय तहका लागि मात्र ५८ हजार कर्मचारी आवश्यक पर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । सरकारसँग करिब ८० हजार कर्मचारी रहेकोमा जम्मा आठ हजार कर्मचारी मात्र आफ्नो घरपायक स्थानीय तहमा बसेर काम गर्न तयार भएका छन् ।

सामान्य प्रशासन मन्त्रालयले ६५ जिल्लाको निवेदन अध्ययन गर्दा सात हजार एक सय कर्मचारीले स्थानीय तह रोजेको र बाँकी जिल्लामा करिब एक हजारले स्थानीय तह रोज्न सक्ने अनुमान गरेको छ । मन्त्रालयले बाँकी रहेको १२ जिल्लाका लागि कर्मचारीले दिएको निवेदन अध्ययन भइरहेको जनाएको छ । मन्त्रालयले सोमबार सम्म बाँकी जिल्ला अन्तर्गतका लागि दिएको निवेदन अध्ययन गरिसक्ने जनाएको छ । मन्त्रालयका प्रवक्ता सुरेशराज अधिकारीले सबै निवेदन अध्ययन सक्दा स्थानीय तह रोज्ने कर्मचारीको संख्या करिब आठ हजार पुग्ने अनुमान गरेको बताए ।
नयाँ पत्रिकाबाट

Skip This
Logo