बनेपा

घातक रोग रानीखेत (न्युक्यासल डिजिज) बाट कुखुरालाई बचाउने उद्देश्यले मुलुकमै फरक खालको भ्याक्सिन उत्पादन गर्ने उद्योग स्थापना भएको छ । "/>

कुखुरापालनलाई लक्षित गर्दै काभ्रेमा पशुजन्य भ्याक्सिन उद्योग थपियो

कुखुरापालनलाई लक्षित गर्दै काभ्रेमा पशुजन्य भ्याक्सिन उद्योग थपियो


बनेपा

घातक रोग रानीखेत (न्युक्यासल डिजिज) बाट कुखुरालाई बचाउने उद्देश्यले मुलुकमै फरक खालको भ्याक्सिन उत्पादन गर्ने उद्योग स्थापना भएको छ । गाउँघरमा पालिने स्थानीय (लोकल) कुखुरालाई लक्षित गर्दै बायोभ्याक प्रालिले यस्तो भ्याक्सिन उत्पादन गर्न लागेको हो ।

कम्पनीले बनेपा नगरपालिका, थापागाउँमा पशुपक्षीको भ्याक्सिनको अनुसन्धान तथा उत्पादनका लागि काम अघि बढाएको हो । ‘हाल न्युक्यासल डिजिज र एभियन इन्फ्लुएन्जामा विभिन्न अनुसन्धानको थालनी हुनेछ,’ परियोजनाका प्रबन्धक डा. रुपेन्द्र चौंलागाईंले भने, ‘यसैमा आधारित भएर थर्मोस्टेबल न्युक्यासल डिजिज भ्याक्सिन उत्पादन गर्नेछौं ।

नेपालमा रानीखेतको भ्याक्सिन भारत लगायत तेस्रो मुलुकबाट आयातित भई व्यवसायिक ब्रोइलर र लेयर्स पालनमा प्रयोग हुँदै आएको छ । त्यस्तै सरकारको केन्द्रीय जैविकी उत्पादन प्रयोगशालाले समेत रानीखेत भ्याक्सिन उत्पादन र वितरण गर्दै आएको छ ।

‘नेपालमा बनेका र आयातित रानीखेत रोगको भ्याक्सिन सबै सय डोज भन्दा कम्तीको साइजमा उपलब्ध छैन । गाउँघरमा थोरै संख्यामा कुखुरा पाल्दै आएका किसानलाई यस्तो प्याक साइज महँगो पर्नुका साथै लगाएर बाँकी हुने भ्याक्सिन फ्याँक्नुको विकल्प नभएको अवस्था छ,’ चौंलागाईंले भने ।
नागरिकबाट

Skip This
Logo