दमक

झापाको दमक नगरपालिका वडा नं. ७ का अध्यक्ष भीमप्रसाद पौडेलको घर अगाडि बम विष्फोट भएको छ । "/>

मध्यरातमा वडाध्यक्षको घर अगाडि बम विस्फोट

मध्यरातमा वडाध्यक्षको घर अगाडि बम विस्फोट


दमक

झापाको दमक नगरपालिका वडा नं. ७ का अध्यक्ष भीमप्रसाद पौडेलको घर अगाडि बम विष्फोट भएको छ । आइतबार राति ९ बजे तिर दमक–६ स्थित उनको घर अगाडि बम विस्फोट भएको हो । विस्फोटमा परी तत्कालै २ जना घाइते फेला परेको प्रहरीले जनाएको छ । घाइतेहरु सेमु राई र त्रिलोचन पोखरेलको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले घटनाको विषयमा अहिले केही भन्न नमिल्ने र घाइते भएका व्यक्ति कहाँको र कसरी त्यहाँ आइपुगे भन्ने विषयमा अनुसन्धान थालेको बताएको छ । दमक–७ को सुनलाइनमा रहेको नगरपालिकाको जग्गामा निर्माण गरिएको घरटहरा भत्काउँदा उनीमाथि दबाब आएको थियो । सोही कारणले उनलाई निशाना बनाएको हुनसक्ने प्रहरीको आशंका छ ।
नागरिकबाट

Logo