काठमाडौँ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था विभाग ललितपुरमा कार्यरत चार जनालाई नियन्त्रणमा लिएको छ । "/>

सेवाग्राहीसँग घुस लिने यातायातका कर्मचारी नियन्त्रणमा

सेवाग्राहीसँग घुस लिने यातायातका कर्मचारी नियन्त्रणमा


काठमाडौँ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था विभाग ललितपुरमा कार्यरत चार जनालाई नियन्त्रणमा लिएको छ । आयोगका प्रवक्ता दीर्घराज मैनालीका अनुसार सवारी चालक अनुमतिपत्रको ट्रायल परीक्षामा उर्तीण गराइदिने भन्दै सेवाग्राहीसँग पैसा लिने प्रहरी नायब निरीक्षक श्रीराम तिवारी, खरिदार कमल स्याङतान तथा सहयोगीद्वय हपरबहादुर थापा र मीनबहादुर तामाङलाई पक्राउ गरिएको हो ।

सवारी चालकको अनुमतिपत्र दिने प्रयोजनमा उनीहरुले पैसा लिएर परीक्षामा सहभागी नै नगराई उर्तीण गराउने गरेका थिए । उनीहरु मध्ये तिवारी जेठ ४ गते र अन्य आज पक्राउ परेका हुन् ।

यस्तै आयोगले हुम्लाको साविक मैला र मदना गाविस हाल ताजाकोट गाउँपालिका– ५ का वडासचिव गोपालचन्द्र लामालाई २४ लाख ५० हजार सामाजिक सुरक्षा भत्तामा हिनामिना गरेको अभियोगमा आज पक्राउ गरिएको छ । सचिव लामाले सामाजिक सुरक्षा भत्ता र पूँजीगत रकम हिनामिना गरी व्यक्तिगत लाभ लिएको अभियोगमा पक्राउ गरी अनुसन्धान शुरु गरिएको आयोगले जनाएको छ ।
रासस

Skip This
Logo